जनकपुर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलाई एकैदिन एकैपटक ३० भन्दा बढी जिल्लानगर उद्योग वाणिज्य संघले मतदान गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
जनकपुरमा आयोजित कार्यक्रममा प्रधान समूहलाई विभिन्न प्रदेशका जिल्ला नगरका अध्यक्षहरूले मतदान गरेर जिताउने निर्णय भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर शाहले ३० भन्दा बढी जिल्लाका अध्यक्षहरूले प्रधान र उनको समूहलाई जिताउन मतदान गर्ने सहमति जुटाई सोहीअनुसार निर्णय गरिएको बताए ।
आफ्ना उम्मेदवारलाई परिचय गराउँदै जिल्ला नगरका अध्यक्षहरूले किशोर प्रधानलाई महासंघका आगामी अध्यक्ष शेखर गोल्छाले समर्थन गरेका कारण पनि २ कार्यकाल कटिबद्ध भएर काम गर्ने वातावरण बनाउन प्रधानलाई जिताउने निर्णय भएको शाहले बताए ।
कार्यक्रमका सहभागीहरूले गोल्छाको नेतृत्वबाट सबल महासंघ चाहनेले प्रधान समूहलाई विजयी गराउनुपर्ने भन्दै ६ वर्षे कार्यकाल तयार गरी निर्धक्क भएर काम गर्ने वातावरण बनाउनका लागि पनि प्रधानलाई जिताउनु पर्ने जिल्ला नगरका अध्यक्षहरूको भनाइ छ ।
प्रदेश १ र २ को कुल मतमध्ये ९९ प्रतिशत मत प्रधान पक्षले पाउने प्रदेश नम्बर २ का अध्यक्ष शिवशंकर शाहले बताए । कार्यक्रममा प्रधान समूहलाई मत प्रतिबद्धता जनाउने जिल्ला नगरमा जनकपुरधाम उद्योग वाणिज्य संघ (ललितशाह, अध्यक्ष), धुलिखेल उद्योग वाणिज्य संघ (मञ्जुकुमार कोजु, अध्यक्ष), सप्तरी उद्योग वाणिज्य संघ (अरुणकुमार प्रधान, अध्यक्ष), उद्योग वाणिज्य संघ, मलङ्गवा,उद्योग वाणिज्य संघ, सर्लाही (वीरेन्द्रप्रसाद शाह, अध्यक्ष), गौशाला उद्योग वाणिज्य संघ (रामराजाप्रसाद शाह, अध्यक्ष), जलेश्वर उद्योग वाणिज्य संघ (कृपाशंकर शाह, अध्यक्ष), महोत्तरी उद्योग वाणिज्य संघ (मोहनप्रसाद गुप्ता, अध्यक्ष) रहेका छन् ।
यस्तै वीरगञ्ज उद्योग वाणिज्य संघ (गोपाल केडिया, अध्यक्ष), इनरुवा उद्योग वाणिज्य संघ (वीरेन्द्र शाह, अध्यक्ष), जाजरकोट उद्योग वाणिज्य संघ (कर्णबहादुर खत्री, अध्यक्ष), सुर्खेत उद्योग वाणिज्य संघ (धनबहादुर रावत, अध्यक्ष) लगायत छन् ।
उदयपुर उद्योग वाणिज्य संघ (पुष्कर खड्का, अध्यक्ष), मकवानपुर उद्योग वाणिज्य संघ, लाहान उद्योग वाणिज्य संघ, सिराहा उद्योग वाणिज्य संघ (प्रमोद कुमार पोहार, अध्यक्ष) रधनकुटा उद्योग वाणिज्य संघले पनिप्रधान समूहलाई नै सघाउने औपचारिक निर्णय गरेका छन् ।
चरिकोट उद्योग वाणिज्य संघ, दोलखा (इन्द्रबहादुर श्रेष्ठ, अध्यक्ष), उर्लाबारी उद्योग वाणिज्य संघ, मोरङ (प्रितम खड्गी, अध्यक्ष), दमक उद्योग वाणिज्य संघ (गोकुल श्रेष्ठ, अध्यक्ष), मेचीउद्योग वाणिज्य संघ (ऋषी तिम्सिना, अध्यक्ष),कपिलवस्तु उद्योग वाणिज्य संघ, (यज्ञ प्रसाद भट्टराई, नि. अध्यक्ष), उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र बारा उद्योग वाणिज्य संघले प्रधान र उनको समूहलाई विजयी गराउने प्रतिबद्धता जनाएका छन् ।
रौतहत र बर्दिबास जिल्ला उद्योगा वाणिज्य संघले पनि प्रधानलाई सघाउने प्रतिबद्धता जनाएका छन् । काठमाडौं उद्योग वाणिज्य संघबाट भने अध्यक्ष दिनेश श्रेष्ठ महासंघको जिल्ला नगर उपाध्यक्षमा उम्मेदवार नै भएका कारण प्रधान समूहलाई स्वतः समर्थन छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले आफू जिल्ला नगरबाट नै महासंघको नेतृत्वमा पुग्न लागेकाले जिल्ला नगरतर्फका समस्यामा केन्द्रित हुने प्रतिबद्धता जनाए । आफू जिल्ला नगरका सबै किसिमका विषय र समस्यासँग परिचित भएकाले त्यस्ता समस्या समाधानमा पहलकदमी लिन आफूले मात्र सक्ने उनको भनाई थियो । महासंघलाई नयाँ उचाई दिनका लागि जिल्लादेखि नै काम गर्दै जानुपर्ने बताएका प्रधानले आफू त्यसको एक मात्र विकल्प भएको बताएका थिए ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान तथा समूह समर्थक जिल्ला नगरका प्रतिनिधि तथा मतदाताहरूको प्रतिबद्धता कार्यक्रमलाई जनकपुरधाम उद्योग वाणिज्य संघले आयोजना गरेको हो ।