काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा (नेतृत्व चयनको महाधिवेशन) का लागि मतदान गर्ने पाउने संघ–संस्थाको नामावली प्रकाशित गरिएको छ ।
मंसिर ११ गतेबाट ३ दिनसम्म काठमाडौंमा चल्ने महासंघको आसन्न निर्वाचनमा मतदान गर्ने संघ–संस्था र व्यक्तिको नामावली निर्वाचन कमिटीले प्रकाशन भएको हो । चैत २८ र २९ गतेका लागि तय भएको महाधिवेशन कोरोनाका कारण पटक–पटक स्थगित हुँदै मंसिरमा पुगेको हो ।
महासंघको ५४ औं साधारणसभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन्। गोल्छा ५१ औंं साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।
महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएका कारण अहिले वरिष्ठ उपाध्यक्षका लागि व्यवसायीहरू २ समूहमा निर्वाचनको मैदानमा उत्रिएका छन् ।
महासंघको साधारणसभाले एक वरिष्ठ उपाध्यक्ष, एक एसोसिएट उपाध्यक्ष, एक वस्तुगत उपाध्यक्ष, एक जिल्ला नगर उपाध्यक्ष र ६० जना कार्यकारी सदस्य निर्वाचित गर्ने छ ।
महासंघको निर्वाचनमा कुल मतदान गर्न पाउने संघ–संस्थाको संख्या १ हजार १ सय ४३ छ ।
५४ औं साधारणसभाबाट चयन हुने पदाधिकारी तथा सदस्यको विवरणः
अध्यक्षः वर्तमान वरिष्ठ उपाध्यक्ष (शेखर गोल्छा) स्वतः अध्यक्ष
वरिष्ठ उपाध्यक्षः १ जना
उपाध्यक्ष–३ जना (जिल्ला नगर १, वस्तुगत १ र एसोसिएटबाट १)
कार्यकारिणी सदस्यः ६० जना
–महासंघको प्रत्येक प्रदेशबाट १–१ जना गरी ७ जना
–उद्योग वाणिज्य संघको तर्फबाट–१८ जना
–वस्तुगत संघबाट–१४ जना
–एसोसिएट संघबाट –१९ जना
द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट–१ जना
–महासंघको संस्थापकहरूबाट–१ जना
निर्वाचन हुने
वरिष्ठ उपाध्यक्ष– किशोर प्रधान र चन्द्र ढकाल (एक जना)
एसोसिएट उपाध्यक्ष– सौरभ ज्योति र रामचन्द्र संघाई (एक जना)
वस्तुगत उपाध्यक्ष– अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ (एक जना)
जिल्ला नगर उपाध्यक्ष– दिनेश श्रेष्ठ र गुणनिधि तिवारी (एक जना)