काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न समिति र फोरम सभापति नियुक्त भएका छन्। महासंघ अध्यक्ष शेखर गोल्छाले समिति गठन गरेर कार्यक्षेत्रसहित सभापतिको औपचारिक पत्र हस्तान्तरण गरे।
उद्योग समितिमा भरतराज आचार्य, व्यापार समितिमा विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समितिमा डि.बी बस्नेत, महिला उद्यमी विकास समितिमा रीता सिंह, स्थल यातायात तथा पारवहन समितिमा प्रकाश सिंह कार्की, कर तथा राजस्व समितिमा सन्दीपकुमार अग्रवाल, पर्यटन तथा हवाई यातायात समितिमा ज्योत्सना श्रेष्ठ, सूचना तथा संचार प्रविधि विकास समितिमा मंगेशलाल श्रेष्ठ र बैंक, वित्तिय तथा बीमा समितिमा साहिल अग्रवाललाई सभापतिको जिम्मेवारी दिइएको छ।
त्यसैगरी अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिमा आनन्दकुमार अग्रवाल बगाडिया, स्टार्ट अप एण्ड इनोभेशन समितिमा रंजितराज आचार्य, स्थानीय विकास समितिमा सुरकृष्ण वैद्य र स्वास्थ्य तथा सीप विकास समितिमा हेमराज ढकाल, निर्यात प्रवर्द्धन समितिमा मनिषलाल प्रधान, व्यापार मेला समितिमा नरेन्द्र खडका, उर्जा तथा वातावरण समितिमा गोपाल खनाल र सहरी विकास समितिमा मीनमान श्रेष्ठलाई सभापतिको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी फोरमतर्फ द्विर्राष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरममा ईन्जिनियर देश बन्धु बस्नेत(अजित),सामाजिक तथा स्वास्थ्य सेवा फोरममा राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरममा आकाश अधिकारी, पूँजी बजार फोरममा अम्बिका प्रसाद पौडयाल र विदेशी रोजगार फोरममा विष्णु गैरेलाई सभापतिको जिम्मेवारी दिइएको छ।
कार्यक्रममा अध्यक्ष गोल्छाले समिति तथा फोरमको सभापतिको जिम्मेवारी पाएका कार्यकारिणी समितिका सदस्यहरूले सिंगो निजी क्षेत्रलाई शसक्त ढंगबाट अगाडि बढाउने अपेक्षा गरे।