काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ७ वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ।
ती शाखाहरुमध्ये भक्तपुर जिल्ला, सुकुलढोका शाखाको बैंकको सञ्चालक समितिका सदस्य सुनीलकुमार न्यौपानेले र काठमाडाैं जिल्ला, टोखा शाखाको बैंकको सञ्चालक समितिका सदस्य उमा कुमारी श्रेष्ठले उद्घाटन गरिन्।
त्यसैगरी बाँके जिल्ला, कोहलपुर शाखाको बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठले र मुस्ताङ जिल्ला, लेते शाखाको बैंकको सञ्चालक समितिका सदस्य डा। गीता प्रधानले उद्घाटन गरिन्।
ललितपुर जिल्ला, भोलढोका, बालकुमारी शाखाको बैंकको सञ्चालक समितिका सदस्य राजेशराज दलीले, काठमाडौं जिल्ला, कपन शाखाको बैंकको सञ्चालक समितिका सदस्य अभिषेक बज्राचार्यले, काठमाडौं जिल्ला, नरेफाट शाखाको बैंकको सञ्चालक समितिका सदस्य महेश कुमार अग्रवालले उद्घाटन गरे।
सबै क्षेत्रसम्म बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैंकले विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याएर सेवा दिइरहेको बैंकको भनाइ छ।