काठमाडौं । डिजिटल कारोबारमा अब ढिलो चाँडो सबैको सहभागिता हुन्छ । यसमा नसमेटिएका साथीहरुलाई चाँडै यो डिजिटल सोसाइटी निर्माण गर्ने अभियानमा जोडिन म आह्वान गर्न चाहन्छु ।
क्यूआर कोड नगद भुक्तानी अर्थात नगद रहित ‘क्यासलेस’ समाज बनाउने अभियानमा तपाईंहरु यति चाँडै जुट्नु भएको छ । म सधैं भन्ने गर्छु, जसले प्रविधि भित्र्यायो उहाँहरु प्रतिहाम्रो नमन छ, सलाम छ ।
क्यूआर कोड र प्रविधिको सन्दर्भ हामी जानकारै पनि छौं । अब हामीले नगद बोकी राख्नुपर्दैन । फिर्ता के-कसरी लिउँ भनी राख्नुपर्दैन । क्यूआर कोडबाटै हामीले फिर्ता लिन-दिन पाउँछौं । आफ्नो बैंक खातामा पूरा-पूरी रकम मोबाइल क्लिक गरेको भरमा तपाईंको खातामा जम्मा भइराखेको हुन्छ ।
अहिले विश्व ठूलो संक्रमणबाट गुज्रिरहेको छ । अहिले मलाई माइक समाउनुभन्दा अगाडि स्यानिटाइजर कहाँ छ भन्ने लागिरहेको छ । यस्तो त्रासको अवस्थामा हामी छौं । पैसा लिने र दिने गर्दा त्यसले पनि संक्रमण झनै बढाउने हो कि भन्ने चिन्ता पनि छ ।
क्यूआर कोडले हामीबीच रहेको कोरोनाको त्रासलाई समेत कम गर्न मद्दत गर्छ । अहिलेसम्म त पैसाको मुठो पाउँदा, अर्को कारोबार गर्न रोकेर गन्न लाग्नुपर्छ ।
पसलमा ग्राहकहरु लाइन बसिरहेको अवस्थामा उसँग कारोबार गर्ने-सामान बेच्नेभन्दा पनि अगाडि बसेर पैसा गन्न थाल्नु पर्ने अवस्था छ । तर, त्यो कुराको समाधान क्यूआर कोडले दिन्छ । एउटा क्लिकमा पैसा खातामा जम्मा भइसक्छ । पैसाको मुठो बोकेर बैंकमा जम्मा गर्न जानु पनि पर्दैन । अब मोबाइलबाट नै पैसा जम्मा गर्न मिल्छ ।
क्यूआर कोड र प्रविधिको सन्दर्भ हामी जानकारै पनि छौं । अब हामीले नगद बोकी राख्नुपर्दैन । फिर्ता के-कसरी लिउँ भनि राख्नु पर्दैन । क्यूआर कोडबाटै हामीले फिर्ता लिन-दिन पाउँछौं । आफ्नो बैंक खातामा पूरा-पूरी रकम मोबाइल क्लिक गरेको भरमा तपाईंको खातामा जम्मा भइराखेको हुन्छ । अहिले विश्व ठूलो संक्रमणबाट गुज्रिरहेको छ । अहिले मलाई माइक समाउनुभन्दा अगाडि स्यानिटाइजर कहाँ छ भन्ने लागि रहेको छ । यस्तो त्रासको अवस्थामा हामी छौं । पैसा लिने र दिने गर्दा त्यसले पनि संक्रमण झनै बढाउने हो कि भन्ने चिन्ता पनि छ ।
त्यस्तै, पैसा चोरी होला, कतै हराउँदा भन्ने लगायतका समस्या पनि क्यूआर कोड प्रयोग गर्दा हट्नेछ । क्यूआर कोडका अन्य फाइदाहरु त आफ्नो ठाउँमा छँदैछन् ।
अब यो प्रविधिले हामीलाई जे गराई रहेको छ, यो सबै विज्ञानकै उपलब्धि हो । हामीलाई यो कोरोना महामारीबाट बाहिर लैजाने पनि डिजिटल अभ्यासले नै हो ।
हामीले यस्ता कुरामा हेलचेक्राई गर्यौं भने कोभिडबाट बाहिर निस्कन सक्दैनौं । यसले हामीलाई न्याकेको न्याक्यै गर्छ । आ-आफ्नो ठाउँबाट के गर्न सकिन्छ, तपाईहरुले त्यही गर्दै जाने हो । यो क्यूआर कोड पनि एउटा विषय हो । यसको प्रयोग हामीले सजिलै गर्न सक्छौं । कोरोना महामारीको संक्रमणबाट पनि हामी बच्न सक्छौं ।
क्यूआर कोडसँगै पनि पूरा इकोसिस्टम जोडिन्छ । यो क्यूआर कोडको प्रयोग एक ठाउँमा मात्र गरेर हुँदैन । जसले क्यूआरबाट पेमेन्ट लिनुभयो, उहाँसँग पैसा छैन अब । हातमा क्यास हुँदैन ।
पैसा सबै बैंकमा भएपछि आफ्नो सप्लायर्सलाई के दिने त भन्ने हुनसक्छ । हिजोको सिस्टमअनुसार हामी चेकबाट भुक्तानी दिन सक्छौं । बैंकबाट झिकेर दिन सक्छौं । सप्लायर्सलाई पनि अब तपाईंहरुले क्यूआरबाटै कारोबार गरौं भन्न सक्नुहुनेछ ।
अब किन पैसा यता र उता गर्न पर्यो ? चेक दिन पनि पाइयो । डिसअर्डर हुन्छ कि, यो जम्मा भएपछि मात्रै तपाईंलाई कम्फर्म हुन्छ । अथवा दुई दिनपछि पैसा आउँछ भन्नु पर्दैन ।
व्यवसायीहरुले आफ्ना सप्लायर्सहरुसँग पनि क्यूआर कोडमार्फत नै कारोबार गर्न पर्छ । क्यूआर कोडले होला इकोसिस्टममा सघाउँछ । सबैसँग बैंक एकाउन्ट नहुनसक्छ । बैंक एकाउन्ट भए पनि मोबाइल बैंकिङ नहुन सक्छ । अर्थात सो सिस्टममा उहाँहरु अभ्यस्त नभइसकेको पनि हुनसक्छ ।
उहाँहरुलाई वित्तीय रुपमा साक्षर गर्न, बैंकिङ सिस्टममा पहुँच पुर्याउन हामीले बैंक र प्रविधि दिनेलाई केही अनुरोध गरेका थियौं । ग्राहकहरुलाई ओरेन्टेसन गर्दै जानुपर्छ । बजारमा आउने सबै ग्राहकहरुले यसको प्रयोग बारे बुझ्नुपर्छ । क्युआर कोडको नारा मात्र झुण्डयाएर छोड्नु हुँदैन ।
ग्राहकहरुको अब क्यूआर कोड प्रयोगमा बानी बस्नुपर्छ । यस्को अर्थ क्यासलेस वातावरणमा अब हामी पुग्नेछौं भन्ने हो । यसको फाइदा के छन् त भन्दा यो भुक्तानीसँग मात्र गाँसिएको विषय छैन । राज्यको राजस्व, यसलाई नियमन गर्ने, यसलाई वृद्धि गर्ने, यसको दायरा बढाउने सँगसँगै पारदर्शितालाई पनि यसले सघाएको हुन्छ ।
सबै व्यक्तिहरुको हरहिसाब बैंक एकाउण्टले समेटेपछि पारदर्शिता बढ्छ । क्यूआरले नै व्यक्तिहरुको हरहिसाब राख्न सघाउँछ । अब डाटावेस सिस्टम बस्दै जान्छ । बैंकिङ सिस्टम भित्रबाटै महिनाभरि गरेको कारोबार हेर्न सकिन्छ ।
कुन चिजको धेरै माग हुँदोरहेछ, कुन चिज कम चलाउँदो रहेछौं भन्ने पनि अब सहजै थाहा पाउन सकिन्छ । त्यसले हामीलाई नीति निर्माण गर्न पनि धेरै ठूलो सहयोग पुर्याउँछ ।
यहाँ अनुदानमा ऋणका कुराहरु पनि छन् । त्यसका लागि पनि यस्ता डाटावेसहरुले हामीलाई सहयोग गर्छ । यति मात्र होइन , व्यवसाय गर्ने समुदायलाई यो अभियानबाट क्यूआर र खाता खोलेर मात्र नभइ आइटीको समावेशीकरणमा लान सक्नेछौं । खाताहरु सक्रिय रुपमा कारोबार गर्न आवश्यक छ । बैंकिङ सिस्टमको ग्राहकहरुले सफल रुपमा प्रयोग गर्न आवश्यक छ ।
यति मात्रै होइन एउटा व्यापारीको सम्पूर्ण रेकर्ड अब बजारमा रहनेछ । महिनाभरि कति कमाएको छ, कति तिरेको छ । भोलि बैंकले व्यापारीको त्यही कारोबारका आधारमा तपाईंलाई बैंकेवल भन्छ । बैंकेवल भनेको तपाईंको कारोबारको अवस्था हेरेरै बैंकले तपाईंलाई ऋण दिन सक्छ भन्ने हो ।
विकासित मुलुकमा तपाईंलाई सिधै घर-घरमा क्रेडिट कार्डको अफर आउँछ । कोरोबार त तपाईंको त्यति नै हुने हो । महिनाभरि एउटा पसलले ५ लाख रुपैयाँ कारोबार गरेको हुनसक्छ । अर्को पनि महिनामा गर्ने कारोबार भनेको त त्यही ५ लाख नै हो ।
तर, हिजो बैंकमा त्यो रेकर्ड थिएन । अब क्यूआर कोडमार्फत काम गर्दा बैंकमा रेकर्ड बस्छ । उहाँहरुको हैसियत बढ्छ । बैंकले उहाँहरुलाई पत्याउँछ । बैंकले ऋण लिन सक्ने बनाउँछ । यही क्यूआर कोडको प्रयोगले मात्रै पनि व्यापारीको हैसियत बनाउन मद्दत गर्छ ।
तर, त्यसका बारेमा तपाईंलाई थाहा नहुनसक्छ । एकपटक पैसा निकाल्दा राख्दा पनि पैसा लागि रहेको हुन्छ । यो कुरा सायद कसैलाई थाहा छैन । क्यूआर चलाएबापत कहीँ केही तिर्नु पर्दैन । भन्नुको अर्थ एउटा व्यापारीलाई फाइदा छ, एउटा ग्राहकलाई पनि फाइदा छ । यसको मतलब पूरै इकोसिस्टमलाई समेत फाइदा छ । अर्थतन्त्रलाई नै फाइदा छ ।
त्यसले गर्दा यसका कैयाैं फाइदाहरु छन् । हामीले यही सिलसिलामा यीभन्दा बाहेकमा कुराहरु पनि हेर्नुपर्छ । समाजका लागि र राज्यको लागि फाइदा छन् । उदाहरणका लागि तपाईंले आफ्नो खाताको पैसा चलाउनुहुन्छ । तपाईंहरुले चलाएको भिषा कार्डवापत बैंकले बाहिर ७ रुपैयाँ तिर्नु परिरहेको छ ।
तर, त्यसका बारेमा तपाईंलाई थाहा नहुनसक्छ । एकपटक पैसा निकाल्दा राख्दा पनि पैसा लागि रहेको हुन्छ । यो कुरा सायद कसैलाई थाहा छैन । क्यूआर चलाए बापत कहीँ केही तिर्नुपर्दैन । भन्नुको अर्थ एउटा व्यापारीलाई फाइदा छ, एउटा ग्राहकलाई पनि फाइदा छ । यसको मतलब पूरै इकोसिस्टमलाई समेत फाइदा छ । अर्थतन्त्रलाई नै फाइदा छ ।
सोही कारण हामीले यो डिजिटलाइजेसनको अभियान नै अघि बढाएका छौं । जो जति साथीहरु यो अभियानमा आउन भएको छैन । उहाँहरु यस अभियानमा आउनु हुन्छ भन्नेमा हामी ढुक्क छौं । नीतिगत कुराहरु थप गर्नुपर्ने छन् भने पनि बैंकमार्फत, हाम्रो सम्बन्धित विभागमार्फत यहाँहरुको प्रतिक्रिया लिन चाहन्छौं ।
(एनएमबी बैंकको क्यूआर कोर्ड शुभारम्भमा गभर्नर अधिकारीले व्यक्त गरेका विचार )