काठमााडौं । मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले वैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । जसमध्ये ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता सेयर भोटेकोसी गाउँपालिका वडा नम्बर १ र ५ बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६,७ र ८ साविकको गाती, घुम्पांग र मानेश्वरा गाविसका स्थानीयलाई छुट्याइएको छ ।
यस्तै, ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता सेयर सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याईएको छ । यसमा छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा जेठ २० गतेसम्म भर्न सक्नेछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ भर्न सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म आवेदन दिन सकिनेछ ।
ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमान्डू , एनआइसी एसिया बैंक र सिन्धु विकास बैंकको सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रकन्धकमा काम ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । नागरिक लगानी कोषसँग प्रत्याभूति (अण्डरराइटिङ) समेत गरिसकेको छ ।
कम्पनीको चुक्ता पुँजी करिब ६ अर्ब रुपैयाँ छ । सर्वसाधारण र संस्थापकको सेयर हिस्सा ५१ः४९ रहने पनि कम्पनीले जानकारी गराएको छ । यस परियोजनाको प्रतिमेगावट लागत १६ करोड ७० लाख रहेको छ ।