कामाडाैं । बुधबार जलविद्युत कम्पनीका लगानीकर्ता अाकर्षित भएका छन् । बुधबार याे समूह सूचक ४५.२६ अंकले वृद्धि भएकाे छ । जलविद्युत समूहका कम्पनीको भाउ वृद्धि भएर सर्किट लागेका छन् । जलविद्युत बाहेक फाइनान्स, ट्रेडिङ तथा निर्जीवन बिमा समूहका सूचकह पनि सकारात्मक देखिएका छन् ।
सिंगटी हाइड्रोको ९ दशमलव ९८ प्रतिशत, छ्याङ्दी हाइड्रोको ९ दशमलव ९७ प्रतिशत, समता घरेलु लघुवित्तको ९ दशमलव ९२ प्रतिशत, युनियन हाइड्रोपावरको ९ दशमलव ८० प्रतिशत, जोशी हाइड्रोपावरको ९ दशमलव ७२ प्रतिशत, बरुण हाइड्रोको ९ दशमलव ७२ प्रतिशत मूल्य बढेको छ ।
त्यसैगरी राधी विद्युतको ९ दशमलव ७१ प्रतिशत, खानीखोला हाइड्रोको ९ दशमलव ४९ प्रतिशत, घलेम्दी हाइड्रोको ९ दशमलव ४७ प्रतिशत, आँखुखोला जलविद्युतको ९ दशमलव ४३ प्रतिशत, ङादी ग्रुपको ९ दशमलव ३८ प्रतिशत र लिवर्टी ईनर्जीको ९ दशमलव शून्य १ प्रतिशत मूल्य बढेको हो ।
जलविद्युत समूह उचालिँदा पनि बजार भने ५ दशमलव शून्य ९ अंकले घटेको हो । मंगलबार बढेकाे बजार बुधबार सामान्य घटेकाे हाे । बुधवार २ हजार ६७५ दशमलव ९५ विन्दुदेखि खुलेको हो । मंगलबारकाे तुलनामा बुधबार ६ अर्ब २१ करोड ६८ लाख १४ हजार बराबरको १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता सेयर खरीदविक्री भएको छ ।
त्यस्तै लघुवित्तको शून्य दशमलव शून्य ७ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ३२ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव १२ प्रतिशत र लगानी समूहको शून्य दशमलव ५१ प्रतिशत परिसूचक घटेको छ ।