काठमाडौं । हिमालयन पावर पार्टनरका सञ्चालकले गैरकानुनी रुपमा आफ्नै कम्पनीको सेयर किनबेच गरेको खुलेको छ । सञ्चालकले आफ्नो कम्पनीको सेयर किन्न नपाइने कानुनी व्यवस्थालाई लत्याउँदै ठूलो परिमाणमा सेयर बिक्री गरेको खुलेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) स्रोतका अनुसार हिमालयन पावर पार्टनरका सञ्चालकले आफ्नै कम्पनी (हिमालयन पावर पार्टनर)को डेढ लाख कित्ताभन्दा बढी सेयर बेचेको देखिएको हो ।
यो पनि हेर्नुहोस
हिमालयन पावर पार्टनरले निर्माण गरेको दोर्दीखोला आयोजनाबाट असारदेखि बिजुली बल्ने
विगत केही दिनदेखि एनआरएनले हिमालयन पावर पार्टनरको सेयर बिक्री गरिरहेको देखिएको छ । अहिलेसम्म झण्डै १ लाख ६० हजार कित्ताभन्दा बढी सेयर बिक्री भइरहेको छ ।
नेप्से स्रोतका अनुसार यसरी आफ्नै कम्पनीको सेयर किन्नु सरासर गैरकानुनी हो । स्रोतका अनुसार ४७ नम्बर ब्रोकरबाट ठूलो परिमाणमा सेयर किनबेच भएको हो ।
हिमालयन पावर पार्टनरको प्रमोटर एनआरएन हो । एनआरएनको अध्यक्ष जीवा लामिछाने हिमालयन पावर पार्टनरमा पनि अध्यक्ष छन् । आफै अध्यक्ष हुँदै कम्पनीकाे भाउ बढाउँदै र बढेकाे माैका छाेप्दै हिमालयन पावर पार्टनरको सेयर धमाधम विक्री गरिरहेका छन् ।
यसरी गैरकानुनी रुपमा सेयर बिक्री हुँदा समेत नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई अहिलेसम्म अत्तोपत्तो छैन । कोरोना संक्रमण न्यूनीकरण गर्न सरकारले लकडाउन गरेपछि नियामक निकाय बोर्ड र नेप्सेम थोरै मात्रै कर्मचारी आउने र यस्तो बेला कसैको पनि ध्यान पुग्दैन भन्ने अनुमानका आधारमा आफ्नै कम्पनीको सेयर विक्री एनआरएन लागेको हो । ‘यही बेला भएभरको सेयर बेच्नुपर्छ र पैसा लिइहाल्नुपर्छ भन्ने सोचबाट गैरकानुनी रुपमा सेयर बिक्री गरेको हुनसक्ने नेप्सेको अनुमान छ ।
सञ्चालकले आफ्नै कम्पनीको सेयर किनबेच गर्न पाइँदैन । तर, हिमालयन पावर पार्टनरको किनबेच गरेको देखिएको हो । हिमालयन पावर पार्टनर एनआरएनका सञ्चालक एउटै हुन् ।