काठमाडौं । हिमालयन पावर पार्टनर (एचपीपीएल) सञ्चालकले आफ्नै कम्पनीको सेयर बेचेको देखिएपछि नियामक निकाय धितोपत्र बोर्डले अनुुसन्धान सुरु गरेको छ ।
नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिडेट (एनआरएन) र एचपीपीएल दुवै संस्थाका अध्यक्ष जीवा लामिछाने हुन् । उनलै एनआरएनबाट एचपीपीएलको १ लाख ६० हजार भन्दा बढी कित्ता बेचेको देखिएपछि बोर्डले छानबिन सुरु गरेको हो ।
बोर्डका कार्यकारी निर्देशक निरज गिरीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट विवरण मगाएर हेर्दा सेयर बेचेको देखिएको बताए । ‘थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘दुवै संस्थामा उनी बोर्डमा छन्, वा छैनन भन्ने कुराको खोजि भइरहेको छ ।’उनका अनुसार यदि उनले आफू सञ्चालक हुँदा हुँदै सेयर बेचेको पुष्टि भए कानुन अनुसार कारबाही हुन्छ ।
याे पनि पढ्नुस्, : हिमालयन पावर पार्टनरका सञ्चालक गैरकानुनी रूपमा आफ्नै कम्पनीको सेयर किनबेचमा संग्लन
बोर्डले नेप्सेसँग थप विवरण मागेको र पठाइसकेको विवरणमाथि अनुसन्धान भइरहेको गिरीले जानकारी दिए । ‘सरसर्ती हेर्दा गैरकानुनी तवरबाट सेयर किनेको देखिन्छ,’ उनले भने, ‘तर, आधिकारिक रुपमा पुष्टि नभई यसै भन्न मिल्दैन् ।’
जीवा एनआरएनको पनि अध्यक्ष र एचपीपीएलको पनि अध्यक्ष हुनु, एनआरएनले एचपीपीएलको सेयर बेच्नुले केही शंका उब्जिएको बोर्डको निश्कर्ष छ ।
एनआरएन तथा जीवा जी आफै उच्च छवी भएको व्यक्तिले यसरी गैरकानुनी रुपमा सेयर बिक्री गर्नु आश्चर्य भएको छ । हिमालयन पावर पार्टनरको प्रमोटर एनआरएन हो । एनआरएनको अध्यक्ष जीवा लामिछाने हिमालयन पावर पार्टनरमा पनि अध्यक्ष छन् । आफै अध्यक्ष हुँदै कम्पनीको भाउ बढाउँदै र बढेको मौका छोप्दै हिमालयन पावर पार्टनरको सेयर धमाधम विक्री गरिरहेको फेला पारेको हो ।