काठमाडौं । सोमबार सेयर बजारमा १३ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भयो । यो हालसम्मकै सर्वाधिक कारोबार हो । आइतबार पनि सेयर बजारमा झण्डै १२ अर्ब रुपैयाँ हाराहारी सेयर कारोबार भएको थियो । गत बिहीबार ९ अर्ब ३० करोड रुपैयाँ कारोबार भएको थियो । गत बुधबार नयाँ रेकर्ड राख्दै ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
सोमबारको कारोबारलाई मात्रै आधार मान्दा पनि ५ करोड रुपैयाँ पुँजीमा खोलिएका ब्रोकर कम्पनीको औसत दिनको कमाई १९ लाख ४९ हजार १६० रुपैयाँ भएको देखिन्छ । सोमबार १३ अर्ब १७ करोड रुपैयाँ कारोबार भएको थियो । नेपालमा ५० वटा ब्रोकर कम्पनी छन् ।
एउटा ब्रोकर कम्पनीको भागमा २६ करोड ३४ लाख रुपैयाँ पर्छ । ब्रोकर कम्पनीले लगानीकर्ताबाट औसतमा ०.३७ प्रतिशत कमिसन लिन्छन् । किनभने, नेपालमा ५० हजारदेखि ५ लाख रुपैयाँसम्म ०.३७ प्रतिशत कमिसन लाग्छ ।
यो पनि हेर्नुहोस
ब्रोकर कमिसन अझै घटाएर बढीभन्दा बढी लगानीकर्तालाई किन सहभागी नगराउने ?
कारोबार पनि त्यही कमिसनभित्र अत्यधिक हुने गरेको देखिएको छ । २० लाख कमाईमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लिने २० प्रतिशत कमिसन जोडिएको छैन् । धितोपत्र बोर्डले लगानीकर्तासँगै सिधै लिन्छ । धितोपत्र बोर्डले न्यून मात्रामा ब्रोकर कमिसन घटाउँदा पनि कारोबार निरन्तर उछाल आएको छ ।
आइतबार प्रति ब्रोकर कम्पनीले औसतमा २४ करोड रुपैयाँको सेयर कारोबार गरेको थिए । आइतबार पनि प्रति ब्रोकर कम्पनीले १७ लाख ७६ हजार रुपैयाँ कमाएका थिए । बजार घट्दा पनि कारोबार रकम कुनै फरक नपर्दा ब्रोकर कम्पनी मालामाल भएका हुन् । त्यही भएर उनीहरु नयाँ ब्रोकर कम्पनी खोल्नका लागि लाइसेन्स रोक्न समेत लागिपरेका छन् ।
यो पनि हेर्नुहोस
बैंकलाई ब्रोकर लाइसेन्स दिन धितोपत्र बोर्डलाई केले रोक्यो ? छोेटेलाल रौनियार
नियामक निकाय धितोपत्र बोर्डसँग साँठगाँठ गरेका ५० वटै ब्रोकर कम्पनी अहिले मालामाल बनिरहेका छन् । लगानीकर्ताले ठूलो रकम लगानी गरेर ४ देखि ५ प्रतिशत प्रतिफल बजारबाट लिन सकेका छैनन् । तर, ब्रोकर कम्पनीले बिना लगानी दिनको २० लाख रुपैयाँसम्म कमाई रहेका छन् ।
उनीहरुको लगानीको कुनै जोखिम पनि छैन् । आजको दिनमा ब्रोकर कम्पनी बाहेक कुनै पनि व्यवसायीले दिनको २० लाख रुपैयाँ कमाउन सकेको छैन् । खर्बौैं रुपैयाँ लगानी गरेको बैंकले बार्षिक रुपमा ३ अर्ब रुपैयाँ कमाउन मुस्किल छ । तर, ५ करोड रुपैयाँ पुँजीमा खोलिएको ब्रोकर कम्पनीको बार्षिक कमाई आधा अर्ब रुपैयाँ हाराहारी हुने देखिएको छ ।
यो पनि हेर्नुहोस
धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना किन बैंकलाई ब्रोकर लाइसेन्स दिन चाहँदैनन् ?
वर्षमा २२० दिन सेयर कारोबार हुन्छ । एक दिनमा अहिले ब्रोकर कम्पनीले २० लाख रुपैयाँ कमाई रहेका छन् । त्यसैलाई आधार मानेर हिसाव निकाल्दा बार्षिक ४४ करोड रुपैयाँ एउटा ब्रोकको आम्दानी देखिन्छ ।
यसरी ब्रोकर कम्पनीले आफ्नो पुँजीको १० गुणासम्म आम्दानी गर्दा पनि नियामक निकाय कमिसन घटाउन अझै मौन छ । नयाँ कम्पनीलाई लाइसेन्स त नदिने अड्डी कसेर बसेको बोर्डको नेतृत्व संसारमै महँगो कमिसन हुँदा पनि घटाउन छलफलसमेत अघि बढाउन चाहादैन । लगानीकर्ताहरुले हालको कमिसन दरलाई घटाएर अझै धेरै लगानीकर्तालाई बजारमा सहभागि गराउनुपर्ने आवाज उठाइरहेका छन् ।
यो पनि हेर्नुहोस
बैंकलाई ब्रोकर लाइसेन्स नदिनुको अन्तर्य
