बैंकलाई ब्रोकर लाइसेन्स दिन धितोपत्र बोर्डलाई केले रोक्यो ? छोेटेलाल रौनियार

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ पुस २८, मङ्गलबार,०८:४३:AM  
बैंकलाई ब्रोकर लाइसेन्स  दिन  धितोपत्र  बोर्डलाई केले रोक्यो ? छोेटेलाल रौनियार

लगानीकर्ताहरुले पटक–पटक माग गर्दा पनि नेपाल धितोपत्र बोर्डले बैंकहरूलाई ‘ब्रोकर लाइसेन्स’ नदिने मनसाय व्यक्त गरेको पाइएको छ । धितोपत्र बजारलाई विस्तार गर्न बोर्डले बैंकलाई जसरी भए पनि ब्रोकरको लाइसेन्स दिनुपर्छ । ५/७ करोड रुपैयाँ लगानी भएका ब्रोकर कम्पनीहरूले अहिले १५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार गरिरहेका छन् ।

यसले भविष्यमा जोखिम निम्तिन सक्छ । बैंकलाई ब्रोकर लाइसेन्स दिनासाथ सेयर कारोबार ७७ वटै जिल्लामा फैलिन्छ । सेवामा गुणस्तर बढ्नुका साथै सबैले सेयर बजारमा लगानी गर्नका लागि अवसर पाउने छन् । सेयर कारोबार झनै विस्तार हुन सघाउ पुर्याउनेछ । बैंकको सहायक कम्पनी भएकाले नयाँ–नयाँ प्रविधि सेयर बजारमा भित्रिनेछ । बैंकको सबै शाखाहरूबाट सेयर कारोबार हुने अवस्था आउनेछ ।

सेयरको कारोबार बढ्नासाथ सबैलाई फाइदा हुन्छ । कारोबार रकम बढेपछि सरकारले पनि पुँजीगत लाभकरबाट थप राजस्व प्राप्त गर्न सक्छ । वाणिज्य बैंकहरूले सहायक कम्पनी खडा गरेर म्युचुअल फण्ड निष्कासनका साथै सेयर रजिष्टारको काम गर्न पाएका छन् भने ब्रोकरको लाइसेन्स किन नपाउने ?

बैंकहरूले ब्रोकर लाइसेन्स पाउना साथ सेवाको गुणस्तर बढ्छ्, बजार झनै विस्तार हुन्छ । बैंकहरूलाई ब्रोकर लाइसेन्स दिएपछि हरेक व्यक्तिको हातमा सेयर हुन्छ । यसले नयाँ कम्पनी खोल्न प्रोत्साहन गर्छ । वाणिज्य बैंकहरूको सहायक कम्पनी मर्चेन्ट बैंकहरू हुन्  । जसले धितोपत्र बोर्डबाट सेयर कारोबार गर्न लाइसेन्स पाएका हुन् । ती कम्पनीहरूले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को क्राइटेरिया पूरा गरेकाले ब्रोकर लाइसेन्स दिँदा हुन्छ । बोर्डले लाइसेन्स दिने निर्णय गरेपछि केही बैंकहरुले ब्रोकर कारोबार गर्नका लागि साधारणसभाबाट प्रस्ताव पनि पारित गराएका थिए ।

अब ब्रोकर सेवा मुलुकको ७ वटै प्रदेशमा पुग्नुपर्छ । ब्रोकरको एकाधिकारले मात्र नेपालको धितोपत्र बजार विकास हुँदैन । अहिले एकाधिकार यतिसम्म भएको छ कि,कतिपय ब्रोकरले लगानीकर्ताको फोनसमेत उठाउँदैनन् । सेवा पनि गुणस्तरिय नभएको गुनासो लगानीकर्ता साथीहरुले गर्दै आउनु भएको छ । बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिँदा २७ वटा बैंकको ४ हजार शाखाबाट देशैभरबाट सेयर कारोबार हुन्छ । 

बैंकहरूले ब्रोकर लाइसेन्स पाउना साथ सेवाको गुणस्तर बढ्छ्, बजार झनै विस्तार हुन्छ । बैंकहरूलाई ब्रोकर लाइसेन्स दिएपछि हरेक व्यक्तिको हातमा सेयर हुन्छ । यसले नयाँ कम्पनी खोल्न प्रोत्साहन गर्छ । वाणिज्य बैंकहरूको सहायक कम्पनी मर्चेन्ट बैंकहरू हुन्  । जसले धितोपत्र बोर्डबाट सेयर कारोबार गर्न लाइसेन्स पाएका हुन् । ती कम्पनीहरूले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को क्राइटेरिया पूरा गरेकाले ब्रोकर लाइसेन्स दिँदा हुन्छ । बोर्डले लाइसेन्स दिने निर्णय गरेपछि केही बैंकहरुले ब्रोकर कारोबार गर्नका लागि साधारणसभाबाट प्रस्ताव पनि पारित गराएका थिए ।

गाउँमा छरिएका पैसा सेयर बजारमा आउँनेछ । सबै नेपालीले सेयरमा लगानी गर्न शुभअवसर पाउँछन् । बैंकहरूलाई लाइसेन्स नदिँदा अहिले दैनिक झण्डै १० अर्ब रुपैयाँसम्मको सेयर कारोबार भएको छ । यदि दिएमा कारोबार झनै विस्तार हुनेछ । यसले गर्दा ब्रोकर, सिडीएस, नेप्से, बोर्ड सबैंको कमिसन आम्दानी बढ्छ । साथै सरकारले पाउने राजस्वमा समेत वृद्धि हुन जान्छ । सबैलाई राम्रो हुन्छ । यसबाट कसैलाई नोक्सान हुने देखिँदैन । 

बैंकलाई ब्रोकर लाइसेन्स त पहिले पनि दिनुपर्ने थियो । अहिले धितोपत्र बोर्डले अड्काएको छ । सम्पूर्ण लगानीहरूले बैंकलाई ब्रोकर लाइसेन्स दिन चाहेका छन् । पुँजी बजारको हित चाहने सबैले चाहाना यही हो । धितोपत्र बोर्डले किन एउटा वर्गको हितका लागि काम गरिरहेको छ ? बुझ्न सकिएको छैन । पुँजी बजारको विस्तार, विकास भनेको लगानीकर्ताको हित नै हो । विश्वव्यापी रूपमा हेर्ने हो भने नै धितोपत्र बोर्डले गर्ने त्यही लगानीकर्ताको हित नै हो । 

धितोपत्र बोर्डको प्रमुख उद्देश्य भनेकै लगानीकर्ताको हकहित र पुँजी बजारको बिस्तार हो । त्यो उद्देश्य पूरा गर्न बोर्डले किन खुट्टा कमाइरहेको छ ?  बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने लगानीकर्ताको माग हो । बैंकलाई ब्रोकर लाइसेन्स दिलाउन हामी अब पहल थाल्ने छौं । बोर्डमा पनि जान्छौं । अब लगानीकर्ताहरू यस विषयमा पछि हट्नेबाला छैनन् । किनभने यो हाम्रो लामो समयदेखिको माग हो । 

बैंकलाई ब्रोकर लाइसेन्स दिने माग हामी लगानीकर्ताको मात्र माग होइन, धितोपत्र बोर्डले आफ्नो कार्यविधिमा व्यवस्था गरेको कुरा हो । योभन्दा अघिका बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको पालामा पनि बोर्डले दिने नै भनेको थियो ।

धितोपत्र बोर्डभन्दा माथिको निकाय भनेको त अर्थ मन्त्रालय हो । अर्थ समितिले भारत, बंगलादेश र पाकिस्तान गएर सर्वेक्षण गरेर बैंकलाई लाइसेन्स दिन आवश्यक भएको सिफारिस गर्दा पनि बोर्डले अटेर गरिरहेको छ । अहिले सभ्य पाराले हामीले माग राख्छौं  । केही अबेर हुन सक्छ । तर, बैंकको ब्रोकर लाइसेन्स दिन कसैले पनि रोक्न सक्दैन । तर, त्योभन्दा पनि अहिले ढाकछोप मात्र गरेको हो । लगानीकर्ताको हक हित रोकेर सधैं रोकिने कुरा होइन ।

बैंकलाई ब्रोकर लाइसेन्स त पहिले पनि दिनुपर्ने थियो । अहिले धितोपत्र बोर्डले अड्काएको छ । सम्पूर्ण लगानीहरूले बैंकलाई ब्रोकर लाइसेन्स दिन चाहेका छन् । पुँजी बजारको हित चाहने सबैले चाहाना यही हो । धितोपत्र बोर्डले किन एउटा वर्गको हितका लागि काम गरिरहेको छ ? बुझ्न सकिएको छैन । पुँजी बजारको विस्तार, विकास भनेको लगानीकर्ताको हित नै हो । विश्वव्यापी रूपमा हेर्ने हो भने नै धितोपत्र बोर्डले गर्ने त्यही लगानीकर्ताको हित नै हो । 
 

अन्तर्राष्ट्रिय अभ्यास

भारतमा त्यहाँको नियमनकारी निकायले बैंकहरूलाई ब्रोकर लाइसेन्स दिएको छ । नेपालमा अहिले ५० वटा ब्रोकरको मनोमानी चलिरहेको छ । उनीहरूले जे चाहयो त्यही गर्छन् । तर, भारतमा त्यस्तो अवस्था छैन । ब्रोकर लाइसेन्स भारतमा दिइरहेको छ । राम्रो कम्पनीहरूलाई दिएको छ ।कुनै ठाउँमा ब्रोकर छैन भने त्यहाँ खोल्न दिनुपर्छ । प्रतिस्पर्धा बढ्छ । एकाधिकारले दुर्घटना निम्तिन्छ । 

बैंकले खराब गर्दा ब्रोकर कहाँ जाने ब्रोकरले खराब गर्दा बैंककोमा जाने वातावरण बन्छ । त्यसरी सुविधा बढ्छ । बैंकलाई ब्रोकर लाइसेन्स दिएपछि कम्पनीहरू संकटमा पर्ने कुरा सत्य होइन । यी सबै हावादारी कुरा मात्र हो ।

विदेशमा बैंकलाई ब्रोकर लाइसेन्स दिएका देशहरूमा कारोबार राम्रो भएको छ । बैंक त एउटा प्रणालीमा बस्छ । मैले दुईदिन/तीन दिनको सुविधा मागे भने बैंकले त्यतिकै दिँदैन । पैसा राखेपछि मात्र बैंकले सेवा दिने हो ।  जुन कुराले पुँजी बजारको विकास, हक हित गर्छ, त्यस्तो कुरा त सर्वोपरी हो । त्यसमा सबैले मिलेर कम गर्नुपर्छ ।

(नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष रौनियारसंग गरेको कुराकानीमा आधारित )

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top