काठमाडौं । बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठ मात्रै होइन्, अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सहमत छन् ।
बैंकलाई ब्रोकर लाइसेन्स दिने बित्तिकै अहिलेको कारोबार दुई गुणा बढ्ने अर्थमन्त्री पौडेल र आर्थिक सल्लाहकार श्रेष्ठको बुझाई छ । त्यही भएर उनीहरु बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने पक्षमा देखिएका हुन् ।
अर्थ मात्रै होइन्, नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बाहेक अन्य सम्पूर्ण कर्मचारी तथा बोर्ड सदस्य बैंकलाईलाई ब्रोकर लाइसेन्स दिन ढिला गर्न नहुने पक्षमा छन् । अध्यक्ष ढुंगाना बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा सुन्नै सक्दैनन् ।
नियामक निकायको जिम्मेवारी सम्हालेका ढुंगानाले ब्रोकर व्यवसायको चिन्ता गरेका छन् । बैंकलाई लाइसेन्स दियो भने ब्रोकरको आम्दानी घट्ने, हाल भइरहेका कम्पनी बन्द हुन सक्ने चिन्ता बोर्डका अध्यक्ष ढुंगानालाई छ ।
यो पनि हेर्नुहोस
सेयर ब्रोकरको अधिपत्य तोड्न बैंकलाई लाइसेन्स– सीबीफीनका अध्यक्ष पवन गोल्यानको विचार
ब्रोकरको आम्दानी घट्ने विषयमा जति चिन्ता ब्रोकर कम्पनी सञ्चालक छ, त्यो भन्दा बढी चिन्ता ढुंगानालाई रहेको सेयर लगानीकर्ताहरु बताउँछन् । ‘ब्रोकरलाई त्यति चिन्ता छैन्, होला । जति ढुंगानालाई छ,’ ती सेयर लगानीकर्ताले भने, ‘धितोपत्र बजार विस्तारका लागि बैंकलाई ब्रोकर लाइसेन्स नदिई उपाय छैन्, तर बोर्डका अध्यक्ष अहिले पनि ब्रोकर कम्पनीको भविष्यलाई लिएर चिन्तित हुनुहुन्छ ।’
बोर्डका अध्यक्ष ढुंगानाले हाल कायम रहेकै ब्रोकर कम्पनी धेरै भएको र यिनीहरुलाई मर्ज गर्नुपर्ने अवस्था भएकाले बैंकलाई तत्काल लाइसेन्स दिन नसक्ने बताउँछन् । ‘हालको अवस्थामा ५० वटा ब्रोकर कम्पनी टिक्न नसक्ने अवस्था सिर्जना भइसकेको छ, यस्तो अवस्थामा बैंकलाई लाइसेन्स दिए, यो क्षेत्रमा अप्ठयारो स्थिति आउँछ,’ उनले भने, ‘बोर्डले ब्रोकर कमिसन घटाएकाले उनीहरुको आम्दानी खुम्चिसकेको छ ।
यो पनि हेर्नुहोस
बैंकलाई ब्रोकर लाइसेन्स दिलाउन अर्थले थाल्यो गृहकार्य, आर्थिक सल्लाहकार श्रेष्ठसँग मन्त्रीको परामर्श
अहिलेको आम्दानीबाट उनीहरुले आफ्नो आम्दानीबाट खर्च धान्न धौ धौ भइरहेको अवस्थामा नयाँलाई लाइसेन्स दिने कुरा सम्भव हुँदैन ।’
बैंक तथा वित्तीय संस्था परिसंघ (सीवीफीन)का अध्यक्ष पवन गोल्यानले पुँजी निर्माण गर्न बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने बताउँछन् ।
‘बैंकलाई ब्रोकर लाइसेन्स दिँदा अर्थतन्त्रमा त्यसको असर कति पर्छ भनेर अर्थ मन्त्रालयको टीमले राम्रोसँग बुझेको छ,’ गोल्यानले भने, ‘त्यही भएर पनि अर्थले बोर्डको नेतृत्वलाई यतातिर भएको सम्भावना देखाएर लाइसेन्स खुलाउनुपर्छ ।’
यो पनि हेर्नुहोस
ब्रोकरको प्रभावमा परेर बोर्डले घटाएन कमिसन, नत बैंकलाई लाइसेन्स दिइयो– छोटेलाल रौनियार
ब्रोकर कम्पनीको पहुँच नभएको ठाउँमा बैंक तथा वित्तीय संस्थाको सहजै पहुँच छ । त्यो ठाउँमा बैंकले पुँजी निर्माण गर्न सक्ने भएकाले बैंकलाई अनिवार्य रुपमा ब्रोकर लाइसेन्स दिनुपर्ने अध्यक्ष गोल्यानले बताए ।
‘७ सय ५३ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा पुगिसकेका छन् । उनीहरुको देशभर नेटवर्क छ’ उनले भने, ‘गाउँ गाउँमा भएको पैसालाई सेयरको माध्यमबाट बाहिर निकाल्न खोजेको हो । त्यो बैंक बाहेक ब्रोकर कम्पनीले सक्दैन ।’
गाउँमा डम्प भएर बसेको पैसालाई बाहिर निकालेर पुँजी निर्माण गरेर राष्ट्रलाई सहयोग पुर्याउने प्रमुख उद्देश्य हो । गाउँ गाउँमा बस्ने मान्छेले प्राइमरी वा सेकेन्डरी सेयरमा लगानी गर्ने बित्तिकै स–सानो पैसाबाटै ठूलो काम गर्न सकिने गोल्यानले बताए ।
नेपालमा पनि दैनिक झण्डै १० अर्ब रुपैयाँ हाराहारी सेयर कारोबार भइरहेको छ । यसलाई बढाएर ३० अर्ब रुपैयाँ पुर्याउनका ब्रोकर लाइसेन्स दिनुपने बैंकका सञ्चालकहरुको भनाइ छ ।