काठमाडौं । शिवम् सर्वोउत्कृष्ट ओपीसी सिमेन्ट एनएस क्वालिटी अर्वाड–२०१९ बाट पुरस्कृत भएको छ । पुरस्कृत भएसँगै शिवम् एनएस क्वालिटी अर्वाड–२०१९ बाट पुरस्कृत हुने नेपालकै पहिलो सिमेन्ट कम्पनी भएको छ ।
साथै गुणस्तर तथा नापतैल विभागबाट एनएस–५७२ द्धारा प्रमाणित शिवम् यसअघि पनि ४३ ग्रेड ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी थियो । हाल शिवमले एनएस–५७२ अन्तर्गत ५३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरी उत्पादन सुरु गरेको छ ।
ओपीसी सिमेन्ट मात्रै उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले निरन्तर गुणस्तरिय उत्पादन गरेकै कारण सिमेन्ट जगतमा पहिलो पटक एनएस क्वालिटी अर्वाड–२०१९ बाट सम्मानित भएको हो । शिवमले गुणस्तरीय उत्पादनकै प्रतिफल स्वरुप फेरी एनएस–५७२ को अनुमति तथा मान्यता प्राप्त गरी ५३ ग्रेड तथा ४३ ग्रेडको सिमेन्ट उत्पादन अनुमतिसँगै आफ्नो निरन्तरको गुणस्तरिय उत्पादनलाई प्रमाणित गरेको छ ।

यसअघि नेपाल गुणस्तर तथा नापतौल विभागले बजारमा आएका सिमेन्टहरुमा एन.एस–४९ प्रामाणिकरण गर्दै आएपनि कुनै ग्रेड उल्लेख थिएनन् । नेपालमा एनएस ४९ को मापदण्ड अनुरुप उत्पादन तथा बिक्री वितरणको मान्यता दिदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एनएस–५७२ को अवधारणासहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको हो ।
अब कुनै पनि सिमेन्ट कम्पनीले ५३ ग्रेड अथवा ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्न एनएस–५७२ अनिवार्य रुपमा प्रमाणिकरण गर्नुपर्ने छ । जसका लागि नेपाल गुणस्तर तथा नापतैल विभागले विभिन्न तह–तहमा चुनढुङ्गा, कच्चापदार्थहरु, उत्पादन प्रक्रिया, उत्पादित ल्किङ्कर र सिमेन्टको लामो समयसम्म परीक्षण गरी एनएस–५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याव परीक्षणका आधारमा गुणस्तरको मापन हुनेछ ।
देशका महत्वपूर्ण विकास निर्माणमा सहयोग पुर्याउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरिय भएको प्रमाणित भएकाले सो अवार्ड प्रदान गरिएको एनएसले जनाएको छ । साथै अवार्डले शिवम् ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको गुणस्तरीय एवम् उत्कृष्ट उत्पादन गर्ने कम्पनी रहेको प्रष्ट पारेको छ ।
“भरोसा अटुट सम्बन्धको”, “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा ‘क्वालिटिको मामलामा नो कम्प्रमाइज’ जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्ले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।
सन् २००९ मा हेटौंडामा स्थापना भएको सो सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो ।