काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो ।
गुणस्तरको यो नयाँ मापदण्ड प्राप्त गरेसँगै रिद्धिसिद्धि सिमेन्टले गुणस्तरमा ठूलो उपलब्धि हासिल गर्दै यसले थप जिम्मेवारीबोध भएको कम्पनीले बताएको छ ।
कम्पनीले ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेसँगै यसले आफ्ना ग्राहकहरुको गुणस्तरप्रतिको विश्वासलाई अझ मजबुत बनाउने कुरामा विश्वस्त बनाएको बताएको छ ।
निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहक वर्गहरुलाई सिमेन्टको प्रयोग पूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्यसहित रिद्धिसिद्धि सिमेन्टले पहिलोपटक गतवर्ष ल्याएको थियो–“शिलान्यास रिद्धिसिद्धिसँग” नामक विशेष योजना जसलाई नयाँ वर्ष २०७८ मा पनि निरन्तरता दिएको थियो ।
तर, कोभिड–१९ को महामारीले निम्त्याएको प्रतिकूल परिस्थितिका कारण सो योजना स्थगित गरियो । केही हप्तायता परिस्थिति सामान्य भएपछि कम्पनीले सो योजना पुनः सुचारु भएको जानकारी दिएको छ ।
यसका लागि कम्पनीको आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वा पत्रिकामा प्रकाशित विज्ञापनमा रहेको क्यूआर कोड स्क्यान गरी रिद्धि सिद्धि सिमेन्टको वेबसाइटमा फारम भर्नुपर्नेछ । अथवा, रिद्धि सिद्धि सिमेन्टको आधिकारिक विक्रेतामा सम्पर्क राख्नुपर्ने कम्पनीले जनाएको छ ।
यो योजना प्रथम १ हजार उपभोक्तालाई मात्र लागु हुने र यसका लागि न्यूनतम शिलान्यासको शुभअवसरमा १०० बोरा खरिद गरिएको हुनुपर्ने कम्पनीले जनाएको छ ।