काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । आइतबार सेयर बजार १.२५ प्रतिशत बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०८१ अंकमा पुगेको छ । आइतबार बजारमा तिब्र उतारचढाव आई सेयर बजार ३ हजार ९७.६७ अंक पुगेर फर्किएको छ ।
आइतबार जलविद्युतमा उछाल आएको छ । जलविद्युत सूचक ७९.९१ अंकले बढेको छ । यस्तै व्यापार विकास बैंक, उत्पादनमूलक, लघुवित्त र लगानी सूचक बढेको छ । बैंक, वित्त, होटल एन्ड टुरिज्म, जीवन तथा निर्जीवन बिमा, म्युचअल फण्ड सूचक ओरालो लागेको छ ।
आइतबार १२ अर्ब ३८ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर किनबेच भएको छ । नेसनलको प्रतिकित्ता ३८४ मा ३६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ५१४ मा ३४ करोड ८८ लाख र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको ६६५ मा ३२ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
यस्तै सिनर्जी पावर, कालिका पावर र युनिभर्सल पावरलगायत आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । ९ प्रतिशत भन्दा बढी सेयर मूल्य बढ्नेमा ११ मध्ये ९ वटा जलविद्युत कम्पनी रहेका छन् ।
यो पनि हेर्नुहोस
वित्तीय विवरण प्रकाशित गर्ने समय घर्किँदा नाफा बुक गर्ने होड, बजार सुस्ताउने संकेत