काठमाडौं । ग्लोबल आईएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहहरूबीच हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह सम्झौता भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ तथा मुसिकोट नगरपालिकाको तर्फबाट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, इस्मा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्ट, मालिका गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा, मदाने गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष दानबहादुर केसी र धुर्कोट गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा हेफर नेपालको तर्फबाट बाख्रापालन सामुदायिक विकास परियोजनाका संयोजक अनन्तराज सिलवालले हस्ताक्षर गरेका छन् ।सम्झौताअनुसार ग्लोबल आईएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकीकृत कार्यविधि, २०७५ (संशोधन सहित) अन्तर्गत मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका छन् ।
त्यस्तै मालिका गाउँपालिका, मदाने गाउँपालिका, र धुर्कोट गाउँपालिकाको सिफारिसमा हेफर प्रोजेक्ट नेपालअन्तर्गतको बाख्रापालन सामुदायिक विकास परियोजनाका लागि उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई (प्रतिग्राहक अधिकतम् १० लाख रुपैयाँ मात्र) सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।
यस्तै परियोजनाअन्तर्गतका ऋणिहरूलाई हेफर प्रोजेक्ट नेपालले आवश्यक तालिमको व्यवस्था गर्नेछ ।