काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाललाई भेटी विद्युत नियमन आयोग र विद्युत प्राधिकरणका पछिल्ला निर्णयहरुप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।
दुवै निकायबाट भएका निर्णयहरु समग्रमा उद्योग व्यवसायलाई निरुत्साहित गर्ने हिसावले आएकाले त्यसलाई तत्काल संशोधन गर्न महासंघले आग्रह गरेको छ ।
नियमन आयोगद्वारा मिति भदौ ३० गते सार्वजनिक सूचना प्रकाशित गरि डिमाण्ड शुल्क बढाउन सिफारिस गरेको थियो । प्राधिकरणले लामो समयदेखि विद्युत खरिद सम्झौता (पीपीए) रोकिराखेको मन्त्री भुसाललाई जानकारी गराएको छ ।
डिमाण्ड शुल्क वृद्धि हुँदा औद्योगिक लागत बढन गई आर्थिक गतिविधि संकुचित हुने, लक्षित आर्थिक वृद्धि र रोजगारी सिर्जनामा समेत प्रतिकूल असर पर्ने कुरा सो अवसरमा जानकारी गराएको थियो ।
महासंघले प्रतिस्पर्धी उत्पादन र रोजगारी सिर्जनाका लागि विद्युत महसुल न्युन गरि अन्य शुल्क हटाउदै जानुपर्ने माग गरिहेको बेला आयोगले उद्योगहरुका लागि टिओडी मिटरमार्पmत निश्चित समयमा विद्युत महसुल बढी लिन पाउने सिफारिससमेत गरेबाट महासंघ आश्चर्यमा परेको जानकारी गराएको छ ।
कोभिडको हालको विषम परिस्थितिमा डिमाण्ड शुल्क वृद्धि र टिओडीमार्पmत महसुल वृद्धिका लागि आयोगबाट गरिएको सिफारिस समय सापेक्ष नभएको जिकिर उद्योगीको छ ।
त्यसैले डिमाण्ड शुल्क र महसुल बढाउन सिफारिस कार्यान्वयन नगरि उद्योगहरुलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउन निर्देशन जारि गर्नसमेत महासंघका तर्फबाट उर्जामन्त्री समक्ष अनुरोध गरिएको छ ।
साथै २०७५ फागुनदेखि रोकी राखिएको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भौतिक पूर्वाधार, उत्पादन लाइसेन्स, वातावरणीय प्रभाव मूल्याँकनका साथै ग्रिड कनेक्सन सुनिश्चित भएका आयोजनाहरुको पहिचान गरी ती आयोजनाहरुसंग तत्काल पीपीए गर्न पनि सो अवसरमा अनुरोध गरिएको थियो ।
सो अवसरमा मन्त्री भुुसालले महासंघका सुुझावलाई आफूले अध्ययन गरी सक्दो सहयोग गर्ने विश्वास दिलाइन । महासंघबाट गएको प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई, उर्जा समितिका सभापति गोपाल खनाल, उद्योग समितिका सभापति भरतराज आचार्य, उर्जा समितिका सहसभापति शैलेन्द्र गुरागाई, उद्योग समितिका सहसभापति सुुशिल थापा, महासंघका निमित्त महानिर्देशक गोकर्णराज अवस्थी सहभागी थिए ।