काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित तथा आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आईएमई पे’ र विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्जबीच सम्झौता भएको छ । युनिमनीको र्याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रुपमा सम्झौता भएको हो ।
यस सम्पूर्ण सेवाग्राही युनिमनि कतार मोबाइल वा युनिमनीको अफिसियल वेभसाइटमार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन–१३ तथा ३० जनाले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्नेछन् ।
क्याम्पियनको अवधि १ जनवरी २०२२ देखि १४ मार्च २०२२ (१७ पुष, २०७८ देखि फागुन ३०, २०७८) सम्म अर्थात् जम्मा ६९ दिनका लागि लागू हुनेछ ।
विद्युतीय च्यानल प्रवद्र्धन गर्न गरिएको क्याम्पियनको विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानीय मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा अनियमित छनोटद्वारा हुनेछ । उक्त क्याम्पियनमा २ वटा र्याफल ड्र गरी २ चोटी २०/२० जनालाई पुरस्कार विनियोजन गरिएको छ ।
क्याम्पियनबारे बोल्दै युनिमनी कतारका महाप्रबन्धक फ्लोयड जोनीले ग्राहकको विश्वासका लागि पुरस्कृत गर्न डिजाइन गरिएको नयाँ क्याम्पियन घोषणा गर्न पाउँदा उत्साहित भएको बताए ।
‘हामी सबै ग्राहकहरूलाई उहाँहरूको बैंक खाता, आइएमई पे वालेट वा नगद पिक–अपको रूपमा सीधै पैसा पठाउन सबैभन्दा सुविधाजनक र सुरक्षित सेवा प्रदान गर्दछौं’ उनले भने, ‘हामी सबै युनिमनी एक्सचेन्ज कतारकोे तर्फबाट म हाम्रा ग्राहकहरूमा सफलता साथै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छु ।’