काठमाडाैं । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ललितपुर महानगरपालिका–१४ लोहाचोकमा रहेको चोइना विणा गुरु गणेश आधारभूत विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई विभिन्न आधारभूत शैक्षिक सामग्री एवं खानेपानीका लागि आवश्यक उपकरण सहयोग स्वरूप प्रदान गरेको छ ।
महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रूपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ सञ्चालन गर्दै आएको छ ।
विद्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच उत्त सामग्रीहरु हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भीमप्रसाद गेलाल एवं विद्यालय संचालक समितिका अध्यक्ष दिनेश अछामीले महालक्ष्मी विकास बैंकले गरेको सहयोग प्रतिआभार प्रकट गर्नुका साथै यस किसिमको सहयोगले विद्यालय एवं बालबालिकाको शैक्षिक स्थरको विकासमा टेवा पुग्ने बताए ।
बालबालिकाहरु राष्ट्र निर्माणका आधार भएको बताउँदै सातदोबाटोका शाखा प्रबन्धक प्रसन्न सुबेदीले बालबालिकाहरुको शैक्षिक अभिवृद्घिमा बैंक सधैं कटिबद्ध रहेको कुरा जानकारी गराए । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रूपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १ सय ३ वटा शाखामार्फत वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।