काठमाडौं । मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई ‘बजेट पसल डटकम’ मा छुट हुने भएको छ ।
बैंक र बजेट पसल डटकमबीच व्यावसायिक सम्झौतामा हस्ताक्षर भएसँगै ग्राहकले छुट पाउने भएका हुन् ।
बजेट पसल डट कमद्वारा एक क्लिकको भरमा खाद्य वस्तु, मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय सामाग्री, घरेलु सरसफाइ, सुन्दरता आदिका सामग्री सजिलै अनलाइन खरिद गर्न सकिनेछ ।
होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोनाको समयमा पनि निकै उपयुक्त रहने बैंकले जनाएको छ । बैंकका ग्राहकहरुले बजेट पसलबाट ३ हजार रुपैयाँभन्दा बढीको सामान अनलाइन खरिद र भुक्तानी गर्दा ५ प्रतिशतसम्म छुट प्राप्त गर्ने बताएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरका भिसा नेटवर्कमा आवद्ध जुनसुकै एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ आदि सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभइकनै उपयोग गर्न सकिनेछ ।