काठमाडौं । आइएमईले नेपालीकाे ठूलाे पर्व दसैँलाई लक्षित गर्दै 'डबलको डबलको डबल' अफर सार्वजनिक गरेको छ । यही भदौ १५ देखि कात्तिक मसान्तसम्म कायम हुने गरि ७७ दिनका लागि उक्त अफर सार्वजनिक गरिएको हो ।
अफर अनुसार हरेक दिन आइएमई-पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठ गुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने स्किममा आमसेवाग्राहीको उल्लेख्य सहभागिता रहेको बताउँदै यस वर्ष त्यो सहभागिता झनै बढ्ने विश्वास व्यक्त गरे ।
आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरीले आइएमई र आइएमईका सेवाग्राहीबीचको प्रगाढ सम्बन्धले नै आइएमईलाई एक सफल व्यावसायिक ब्राण्ड बनाएको उल्लेख गर्दै यो दसैँमा आइएमईले ल्याएको खुसीलाई डबलको डबलको डबल गरौँ स्कीम त्यो सम्बन्धलाई थप प्रगाढ बनाउन सफल हुने विश्वास व्यक्त गरे ।
अफर अवधिमा भाग्यशाली विजेता छनाेटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनाेट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । योजना अवधिमा स्वदेश तथा विदेशबाट पैसा पठाउने सवै सेवाग्राही स्वतः सहभागी बन्नेछन् ।
आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारी, आइएमईका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् ।
सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ ।
योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित हुनेछ । योजनाको अध्यावधिक जानकारी कम्पनीले सञ्चालन गरेको आधिकारिक वेभ पेज, सामाजिक सञ्जाल पेज, आमसञ्चार माध्यम, सहकार्यमा रहेका व्यावसायिक साझेदार (एजेन्ट ), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालयमार्फत सार्वजनिक गरिनेछ ।