काठमाडौं । गत शनिबार राजधानीका विभिन्न बैङ्कका एटीएम बुथबाट चिनियाँ ह्याकरले करोडौं रुपैयाँ चोरी गरे । नेपालमा चोरी भएको ४ दिनअघि जर्मनीको एक बैङ्कबाट ह्याकरहरुले ठगी गरेको पाइएको छ ।
नेपालमा शनिबार भएको एटीएमबाट पैसा चोरी प्रकरणमा प्रहरीले केही चिनियाँ तथा स्पेनी ह्याकरलाई पक्राउ गरेको छ । जर्मनीको ओडेन वर्गसेल्सल्यान्डेस बैङ्कबाट ह्याकरले मास्टरकार्डको प्रयोगबाट १५ लाख युरो चोरी गरेको ४ दिनपछि अगस्ट ३१ मा चिनियाँ र स्पेनी ह्याकरले नेपालका विभिन्न बैङ्कबाट ३ करोड ४५ लाख रुपैयाँ चोरी गरेका थिए ।
जर्मनीमा २७ अगस्टमा ब्राजिलियन ह्याकरले मास्टरकार्डबाट रकम चोरी गरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । म्याग्नेटिक स्ट्रपको प्रयोगबाट रकम चोरी गरेको खुलेको छ । चोरी गर्ने तरिएका एउटै भए पनि नेपालमा भिसा कार्ड र जर्मनीमा मास्टरकार्डबाट ह्याकरले रकम निकालेका हुन् ।
ह्याकरले नेपालका विभिन्न एटीएम प्रयोग गरी प्रभु बैङ्क, माछापुच्छ«े बैङ्क, ग्लोबल आईएमई बैङ्क, जनता बैङ्क, एनआईसी एसिया बैङ्क, सनराइज र सिटिजन्स बैङ्कको खाताबाट पैसा चोरी गरेका थिए । एसबीआई, मेगा, एभरेस्ट र नबिल, नेपाल इन्भेस्टमेन्ट, कुमारी, बैङ्कका एटीएम बुथ प्रयोग गरेर ह्याकरले ३ करोड ३५ लाख रुपैयाँ चोरी गरेका थिए ।
यस्तै जर्मनीमा भने एउटा मात्रै बैङकमा एटीएम ह्याक भएको थियो । जर्मनीको ओडेन वर्गसेल्सल्यान्डेस बैङ्कबाट सोही साता ब्राजिलियन ह्याकरले मास्टरकार्ड प्रयोग गरी १५ लाख युरो चोरी गरेका थिए । प्रहरीले त्यहाँ ह्याकरलाई पक्राउ गर्न सकेको छैन । जर्मनीका एटीएममा ब्राजिलियन नागरिक भएकाले ह्याकरहरु पक्राउ पर्न भने सकेका छैनन् ।
नेपालका एटिएम ह्याक हुँदा बैङ्कको खाताबाट पैसा काटिएको छ । जर्मनीमा ग्राहकको खाताबाट पैसा काटिएको देखिएको छ ।
