काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ३ हजार २ सय २२ जनाको नमुना परीक्षण गरिएको थियो । २ हजार ५ सय ८ जनाले पिसिआर र ७ सय १४ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सो अवधिमा २७ जना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ९ लाख ६६ हजार ६ सय ५६ पुगेको छ । यो दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा २९ हजार ५ सय ७४ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय २१ रहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ५१ पुगेको छ ।
होम आइसोलेशनमा २१५ र संस्थागत आइसोलेशनमा छजना र आइसियूमा एकजना सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।
हाल देशभरमा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरू कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लाहरुमा इलाम, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, पाँचथर, भोजपुर, पर्सा, सप्तरी, रौतहट, सर्लाही, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व, पर्वत, रुकुमपूर्व, कपिलवस्तु, गुल्मी, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ र डडेलधुरा छन् ।
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा ३७, ललितपुर छ र भक्तपुरमा चार सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।