काठमाडौं । पूर्व मन्त्री रामकुमारी झाक्रीले अैवध संरचनामा डोजर लगाउने मेयर बालेन्द्र साह (बालेन)को अभियानलाई समर्थन जनाएकी छन् । झाक्रीले सामाजिक सञ्जालमा स्टाटस राख्दै साहको अभियानलाई समर्थन जनाएकी छन् ।
झाक्रीले साहकाे कामकाे प्रशंसा गर्दै सधैँ साथमा रहेकाे बताएकी छन् । उनी लेख्छिन् 'म सधैँ तिम्रो साथमा छु, तिम्रो पछाडी । यसलाई जारी राख्नुहोस्।' झाक्रीले अब उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने पालाे भएकाे समेत बताइन् ।
शहरी विकासमन्त्री हुँदा नदी किनारका अतिक्रमित संरचना हटाउने अभियान चलाएकी झाक्रीले साहलाई समर्थन गर्दै लेख्छन् ‘मेरो समर्थन मेयर बालेन जीलाई ! यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने।'
आफूले नदी किनारका संरचना भत्काउने क्रममा दलिय दबाब आएर काम अभियान स्थगन गर्नुपरेकाे बताउदै मेयर साहलाई दलिय दबाब नहुने बताएइन् ।
मन्त्री हुँदा बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएकाे झाक्रीले जानकारी दिइन् ।
निर्वाचनका कारण अभियान राेक्न दबाब आएर अभियान स्थगन गर्नु परेकाे उनले बताएकी छिन् । चुनावपछि अभियान सुरू गरेकाे बताउँदै उनी थप्छिन् ' निर्वाचन आएकोछ, यसले नगरौ भन्ने दबाब आयो र स्थगन गर्न पर्यो, स्थानीय चुनावपछि जेठ २ गतेबाट फेरि हटाउन सुरू भएको थियो।'
छाेटाे समय मन्त्री बनेकाी झाक्रीकाे करिडाेर अतिक्रमण संरचना हटाउने अभियानले केहीले समर्थन गरेका थिए भने केहीले विराेध गरेका थिए । अभियानका कारण झाक्री चर्चामा थिन् ।
दलिय दबाबका कारण साेचेजस्ताे काम गर्न नपाएकाे उनकाे गुनासाे छ । झाक्री भन्छिन् 'मेरो कार्यकाल लामो रहेन, मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं।'
उनले सुकुमबासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेकाे जानकारी दिइन्।
