काठमाडौं । प्यारासुट नेचुरल स्याम्पुले ‘संगीसँग तिज’ नामक तिज विशेष कार्यक्रम आयोजना गरेको छ । गत सोमबार आयोजना गरिएको उक्त कार्यक्रम स्याम्पुको एक महिने लामो ‘श्रावण विथ संगी’ नामक मार्केटिङ अभियानको विस्तारित रूप हो ।
कार्यक्रम स्याम्पुसँग आबद्ध रही स्याम्पुको मार्केटिङ यात्रामा विशेष योगदान पुर्याइरहेका महिला ‘इनफ्लुएन्सर’, कपाल विशेषज्ञ र पार्लरप्रति आभार प्रकट गर्न तथा महिला सम्बन्धलाई प्रगाढ बनाउने ध्येयका साथ गरिएको थियो ।
प्यारासुट नेचुरल स्याम्पुको ब्रान्ड एम्बास्डर, आँचल शर्माको विशेष आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा विभिन्न रमाइला गतिविधिहरू समावेश गरिएको थियो । कार्यक्रममा थप रोमाञ्चकता थप्नका निम्ति कपाल बाट्ने, चुरा मिलाउनेजस्ता प्रतियोगिताहरूको आयोजना गरिएको थियो ।
तिज महिलाहरुको एक विशेष चाड हो जुन मुख्यतया देशभरका नेपाली महिलाहरूले धेरै उत्साह र जोशका साथ मनाउँछन् । हरियाली तिज र हरितालिका तिज मनसुन मौसमलाई स्वागत गर्छ र मूलतः केटी र महिलाहरुद्वारा सिंगारपटार गरि, गीत, नृत्य अनुष्ठानका साथ मनाउँछन् ।
यसका अतिरिक्त, यो अभियान प्यारासुट स्याम्पु आफ्ना प्राकृतिक विशेषताहरूले गर्दा कुनै पनि विशेष अवसरमा आफ्ना महिला साथीहरूलाई दिनका लागि उचित उपहार बन्न सक्छ भन्ने कुरालाई अझ विस्तार र स्थापना गर्नका लागि पनि हो ।
प्यारासुट नेचुरल स्याम्पु
प्यारासुट नेचुरल स्याम्पु अग्रणी उपभोक्ता कम्पनी मेरिको लिमिटेडअन्तर्गत कपाल हेरचाहको श्रेणीमा पर्ने ब्रान्ड हो, जसलाई तयार गर्न नरिवल मिल्क प्रोटिन, मेहेन्दि, रेड हिबिस्कस र एलोभेराजस्ता प्राकृतिक सामाग्रीहरूको मात्र प्रयोग गरिन्छ ।
मेरिकोका बारेमा
मेरिको, स्वास्थ्य, सौन्दर्य र कल्याणकारी क्षेत्रमा काम गर्ने एक उदयमान बहुराष्ट्रिय कम्पनी हो । मेरिको एसिया र अफ्रिकाका उदयमान २५ भन्दा बढी देशहरूमा आफ्नो बजार विस्तार गर्दै आइरहेको छ ।
यसले कपालको हेरचाह, छालाको हेरचाह, खाद्य तेल, स्वस्थ खाना, सरसफाइ र कपडाको हेरचाहका क्षेत्रहरूमा अग्रणी ब्रान्डहरूको संवर्द्धन गर्छ । कम्पनीले, २०१९/२० मा, भारतमा बेचेका उत्पादनहरू साथै एसिया र अफ्रिकामा छनौट गरिएका बजारमार्फत एक बिलियन डलरको कारोबार गरेको छ ।