काठमाडाैं । आइतबार नबिल बैंकले एकै दिन ८ ठाउँमा आफ्ना शाखा बिस्तार गरेको छ । बैंकले मंगलबजार, इलाम, मूलपानी, सुरुङा, भगवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो ।
उपत्यका भित्रका शाखाहरूमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेल तथा नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले संयुक्त रुपमा साँखु शाखाको उद्घाटन गरे ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र नबिल बैंकका सञ्चालक अनन्त पौडेल तथा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजिताकुमार शाक्यले संयुक्त रुपमा मंगलबजार शाखा, कागेश्वरी मनोहरा वडा ६ का वडा अध्यक्ष प्रकाश फुयाँल तथा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मीले संयुक्त रुपमा मूलपानी शाखा तथा काठमाडौं महानगरपालिका वडा १५ डल्लुका वडा अध्यक्ष ईश्वरमान डंगोल र बैंकका प्रमुख जोखिम अधिकृत नमिता दीक्षितले संयुक्त रुपमा भगवान पाउ (डल्लु) शाखा उद्घाटन गरे ।
त्यसैगरी उपत्यका बाहिरका शाखाहरूमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितीमा तीन शाखाहरु मेची नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले काँकडभिट्टा शाखा, कनकाई नगरपालिका मेयर राजेन्द्र कुमार पोखरेलले सुरुङ्गा शाखाको र शनिबार इलाम नगरपालिकाका मेयर केदार थापाले इलाम शाखा उद्घाटन गरेका थिए ।
त्यसका साथै राप्ती नगरपालिकाका मेयर शमशेर लामा र बैंकका प्रमुख रणनीति अधिकृत कृष्ण दत्त भट्टराईले संयुक्त रुपमा भण्डारा शाखा उद्घाटन गरेका थिए । आइतबार उद्घाटन भएका ८ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय २ सय ३३ पुगेको छ ।