काठमाडौं। व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनामले यसपालिको चाड, सोनामको साथ नामक छुट योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ। योजना भदौ २५ गतेदेखि असोज १४ सम्म लागू हुनेछ।अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ।
विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ। सोनम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्यागलगायत उत्पादन छन्।
राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, नाम्चे, पोखराको लेकसाइड र न्युरोडमा सोनमका सोरुम छन् ।
यस्तै बुटवलमा दसैंअघि सोनमकाे सोरुम खुल्दैछ ।