काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक नारायणगढ शाखा, लायन्स चोक र भरतपुर–१० स्थित एनपिआई नारायणी सामुदायिक अस्पताल र सिराईचुली होटलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरू, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू, ग्राहकहरू तथा बैंकका कर्मचारीहरूलाई एनपिआई नारायणी सामुदायिक अस्पताल, नारायणगढ तथा सिराइचुली होटल, नारायणगढमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ।
एनपिआई नारायणी सामुदायिक अस्पतालले लिने विभिन्न सेवा (ओपिडी, फार्मेसी, सिटी स्क्यानबाहेक) शुल्कमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंककाे नारायणगढ शाखा प्रमुख भेषराज खड्का र एनपिआई नारायणी सामुदायिक अस्पतालका सञ्चालक विष्णु कुँवरले हस्ताक्षर गरेका छन्।
यस्तै भरतपुर–१०, स्थित सिराईचुली होटलमा फुड एन्ड वेभरेजमा १० प्रतिशत र एकोमोडेसन शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकको नारायणगढ शाखाका प्रमुख भेषराज खड्का र सिराईचुली होटल, रिसोर्टका सञ्चालक विष्णु घिमिरेले हस्ताक्षर गरे।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चितवन जिल्लामा ६ वटा शाखाहरू – नारायणगढ लायन्सचोक, बेलचोक, टाँडी, भण्डारा, पदमपुर र पटिहानीबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले कुल १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।