काठमाडाैं । ग्लोबल आइएमई बैंकले बैंकको मोबाइल बैंकिङ एप्लिकेसन ग्लोबल स्मार्ट प्लसबाट क्युआरमार्फत भुक्तानी गरी दसैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्ताहरूलाई आइफोन १३ प्रदान गर्ने बैंकले जनाएकाे छ ।
असोज १ देखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्युआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथामार्फत २ जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १३ प्रदान गरिनेछ ।
यस योजनामा सहभागी हुनको लागि असोज महिनाभर ५ सय रूपैयाँ वा सोभन्दा बढीको क्युआरमार्फत कम्तीमा ६ वटा भुक्तानी भएको हुनुपर्नेछ । बैंकले यो योजना स्विफ्ट टेक्नोलोजिज् प्रालि तथा स्मार्ट च्वाइस टेक्नोलोजिज प्रालिसँगको सहकार्यमा ल्याएको हो ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । मुलुकका सतहत्तरै जिल्लामा २ सय ९० शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २ सय ७३ एटीएम, २ सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सनबाट सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।