काठमाडाैं । एभरेष्ट बैंकले इ-पैचो फोनलोन इबिएल टच २४ एपका याेग्य प्रयोगकर्ताहरूका लागि तुरुन्त धितोरहित ऋण उपलब्ध गराएको छ ।
योग्य एभरेष्ट बैंक खातावालाहरूले अब जमानत, कागजी कार्य वा बैंक भ्रमण बिना तत्काल २ लाख रूपैयाँसम्म ऋण पाउने छन् ।
इ-पैचो फोनलोन विभिन्न समय फ्रेमहरूमा भुक्तानी गर्न सकिन्छ । यसमा एक महिनाभित्र वा ३, ६, ९ वा १२ महिनाका लागि किस्ता (इएमआई) का आधारमा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
ऋणको पूर्व भुक्तानीको विकल्प पनि ग्राहकहरुको लागी उपलब्ध छ । जो आफ्नो ऋण चाँडै भुक्तान गर्न चाहन्छन् । इ-पैचो फोनलोनका लागि योग्य ग्राहकहरूले कुनै पनि फोनपे मर्चेन्टमा क्युआर भुक्तानी प्रयोग गर्दा 'बाइ नाउ पे लेटर' सेवाहरू पनि प्राप्त गर्न सक्छन् । यी सेवाहरूमा पहुँच प्राप्त गर्न ग्राहकहरूले प्रमाणित इमेल ठेगानाको साथ इ-पैचो फोनलोनमा दर्ता गर्नुपर्ने हुन्छ ।
इ-पैचो फोनलोनको लागि योग्यता विभिन्न मापदण्डहरूको आधारमा स्वचालित रूपमा निर्णय गरिन्छ, जस्तै तलब खाता, नियमित कारोबार, बैंकसँग कुनै अन्य ऋण आदि । योग्य ग्राहकहरूले इ-पैचो फोनलोन आइकन र 'दर्ता गर्नुहोस्' बटन देख्नेछन् । ग्राहकहरूले इ-पैचो फोनेलोनका सबै सेवाहरू एक पटक दर्ता र इमेल प्रमाणीकरण गरेपछि प्राप्त गर्न सक्ने छन् ।
एसएमईररिटेल प्रमुख विष्णु ज्ञवालीले भने, 'हामीले योग्य ग्राहकहरूलाई सजिलो क्रेडिट पहुँच प्राप्त गर्न अनुमति दिने निर्णय गरेका छौं । इ-पैचो फोनलोन तुरुन्तै वितरण गरिन्छ र भुक्तानीहरू स्वचालित रूपमा लिइन्छ। त्यसैले ग्राहकहरूले पनि भुक्तानी गर्न चिन्ता लिनुपर्दैन ।
देशैभर छरिएर रहेको आफ्नो १ सय १९ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, १ सय ५५ एटएिमसहित ३१ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ ।