काठमाडौं । आउँदो तिहारका लागि झन्डै २५ लाख माला चाहिने भएको छ । यस बर्षको तिहारमा झन्डै साढे २ लाख माला अपुग हुने नेपाल फ्लोरिकल्चर एशोसिएसन (फयान) ले जानकारी दिएको छ । अपुग माला विदेशबाट आयात हुन लागेको एसोसियसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए ।
‘ तिहारमा फूलको अत्याधिक माग हुन्छ । यो बर्ष हामीलाई झन्डै २५ लाख मालाको माग रहने तथ्यांकले देखाउँछ’ उनले भने, ‘साढे २ लाख माला अपुग हुने देखिएको छ । त्यो मात्रै विदेशबाट आयात हुन्छ ।’ उनले दैनिक २० हजार मालाको माग रहेको बताए । एसोसियसनका अनुसार ८० प्रतिशत आन्तरिक र २० प्रतिशत भारतबाट फूलको आयात हुने उनले सुनाए ।
प्रत्येक बर्ष १०/१५ प्रतिशतका दरले पूmलको आन्तरिक माग वृद्धि हुने गरेको छ । नेपालमा पूmलको व्यवसायिक उत्पादन सुरु भएको दुई दशक बितेपनि पुष्पखेतीमा आम किसानको आकर्षण भने बढ्न सकेको छैन् ।
गत आर्थिक बर्षमा झन्डैै २ अर्ब ४२ करोड रुपैयाँको फूलको कारोबार भएको थियो । विदेशबाट १९ करोड रुपैयाँको पूmल आयात भएको फ्यानले जनाएको छ ।
पुष्प खेतीको व्यवसायिक उत्पादनमा वृद्धि, क्षेत्र विस्तार, किसानलाइ अनुदान, भरपर्दो बजार व्यवस्था र वितरण प्रणाली प्रभावकारी नहुँदा नेपालमा पुष्प व्यवसाय फस्टाउन नसकेको सरकारी अधिकारी नै बताउँछन् । उत्पादनको ‘भोल्युम’ नबढाएसम्म फूलमा आत्मनिर्भर बन्न नसक्ने अध्यक्ष श्रेष्ठले बताए ।
हाल १५७ हेक्टर क्षेत्रफलमा झन्डै ७०० बढी व्यवसायिक किसानहरु पुष्प खेती आवद्ध छन् । नेपालमा मुख्यगरी मखमली, गुलाफ, सयपत्री लगायतका १६ नयाँ प्रजातीको फूलको उत्पादन र क्षेत्र विस्तार भइरहेको छ ।
तिहार भन्नेबित्तिकै रङ्गीचङ्गी दीप र पूलहरुको पर्वका रुपमा लिने गरिन्छ । तिहारका बेला फूलको अत्याधिक माग हुने गर्छ । तिहारमा मखमली, गोदावरी र सयपत्रीको माग अधिक हुने गरेको छ ।