काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी जोड्ने देशकै महत्वपूर्ण सडकमार्ग नागढुङ्गा सुरुङमार्गको शिलन्यास गरेका छन । प्रधानमन्त्री ओलीले सोमबार विशेष कार्यक्रममा सुरुङमार्गको शिलन्यास गरेका हुन । सुरुङ खन्ने काम आजबाट सुरु भएको छ ।

यो पहिलो सुरुङमार्ग रहेको छ । सुरुङको लम्बाइ २.६८ किलोमिटर लामो छ । ४२ महिनाभित्र सुरुङमार्गको काम सक्ने गरी जापानको हाज्मा कर्पोरेशनसंग ठेक्कासंग ठेक्का सम्झौता भएको छ । चन्द्रागिरी नगरपालिका—१ को टोटेपाखादेखि धादिङको ढुनीबेंसी नगरपालिका—९ सिस्नेखोलासम्म पुग्ने सुरुङमार्ग अघि बढाइदैछ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को साढे १६ अर्ब रुपैयाँ सहुलियत ऋण र ६ अर्ब नेपाल सरकारको गरी साढँ २२ अर्ब रुपैयाँमा सुरुङमार्ग आयोजना अघि बढेको हो । काठमाडौं उपत्यकाभित्रको ट्राफिक जाम आधा कम हुने भएको छ ।
देशका विभिन्न जिल्ला हुँदै राजधानी काठमाडौं प्रवेश गर्ने महत्वपूर्ण सडक नौबिसेदेखि नागढुङ्गासम्म अहिले सवारी चापका कारण लामो समय जाममा पर्ने गरेको छ । सुरुङमार्ग बनेपछि सरकारले प्रयोग शुल्क भनेर लिन सक्ने छ । तर, अहिले नै कति शुल्क लिने भन्ने तय भएको छैन् ।

सुरुङमार्ग बनेपछि अहिलेको नौबिसे—नागढुंगा सडकमा हुने जाम, जोखिम र समयसँगै यात्रा छोटिने आयोजना पक्षले दाबी गरेको छ । अहिले नौबिसेदेखि नागढुङ्गासम्म सबैखाले सवारी आइपुग्न ४५ मिनेटदेखि १ घण्टा लाग्छ ।
त्यो पनि, जाम र कुनै सवारी बीचमै नबिग्रेको खण्डमा । यता, सुरुङमार्ग बनेमा त्यो दुरी १० देखि १५ मिनेटमै छोटिने नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलको भनाइ छ ।


१ घण्टाको दुरी १५ मिनेटमा छोटिने
सुरुङमार्ग बनेपछि अहिलेको नौबिसे—नागढुंगा सडकमा हुने जाम, जोखिम र समयसँगै यात्रा छोटिने आयोजना पक्षले दाबी गरेको छ । अहिले नौबिसेदेखि नागढुङ्गासम्म सबैखाले सवारी आइपुग्न ४५ मिनेटदेखि १ घण्टा लाग्छ । त्यो पनि, जाम र कुनै सवारी बीचमै नबिग्रेको खण्डमा । यता, सुरुङमार्ग बनेमा त्यो दुरी १० देखि १५ मिनेटमै छोटिने नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलको भनाइ छ ।
यस्तो बन्दैछ सुरुङमार्ग
झन्डै २.६८ किलोमिटर लम्बाइको आधुनिक डिजाइन र चिनियाँ मोडेलमा सुरुङमार्ग बनाइनेछ । सुरुङमार्ग बनाउन बिस्फोटक पदार्थको प्रयोग गरिनेछ । सुरुङमार्गको गोलाइ अर्थात परिधि साढे १० मिटरको बन्नेछ । अत्याधुनिक र उच्च गुणस्तरको सुरुङमार्गमा दुइओटा फ्लाइओभरसहित बनाइनेछ । यस्तै एक आकस्मिक÷उद्धार सुरुङमार्ग बन्नेछ ।
सुरुङमार्गभित्र दुई लेनको सडक हुनेछ भने दुबैतर्फ दायाँ बाँया पैदलयात्री हिड्न मिल्नेगरी पेटी बनाइनेछ । झन्डै २५ बर्ष सामान्य मर्मत सम्भारबाहेक सुरुङमार्ग अरु केही गर्नुपर्दैन् ।