काठमाडौं । मंसिर अन्तिमदेखि काठमाडौंको रत्नपार्क र महाराजगञ्ज विद्युत् वितरण केन्द्रलाई भूमिगत (अन्डरग्राउन्ड) गर्ने काम सुरु हुने भएको छ ।
दुवै वितरण केन्द्र क्षेत्रमा पर्ने ठाउँमा पहिलो चरणमा तार अन्डरग्राउन्ड र वितरण प्रणाली जडान गर्न लागिएको हो । दुई वितरण केन्द्रमा ९० हजार विद्युत उपभोत्ता छन । विद्युत वितरण प्रणालीलाई अन्डरग्राउन्ड गर्न अहिले सर्भेको काम सम्पन्न भइसकेको छ ।
विद्युत वितरण प्रणालीलाई पहिलो पटक अण्डरग्राउन्ड गर्न लागिएको हो । यो सफल भएपछि अन्य शहरी क्षेत्रमा क्रमशः वितरण प्रणालीलाई अण्डरग्राउण्ड गर्दै लैजाने तयारी नेपाल विद्युत प्राधिकरणको छ ।
अन्डरग्राउन्ड प्रणालीका लागि आवश्यक अधिकांश उपकरण तथा मेसिनहरु आयात भइसकेको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारी बताउछन ।
आगामी डिसेम्बर १५ देखि अन्डरग्राउन्ड केबल वितरण प्रणाली जडान सुरु हुुने अधिकारीले जानकारी दिए । मुख्यमुख्य उपकरण ल्याउने काम झन्डै सकिनै लागेको उनले बताए ।
रत्नपार्क र महाराजगञ्ज स्मार्ट कम्युनिकेसनको क्षेत्र पनि हो । यसले विद्युत् वितरण प्रणाली मात्र नभएर विभिन्न सेवाप्रदायक तथा कम्युनिकेसनका तारहरु एउटै पाइपबाट अन्डरग्राउन्ड हुनेछ ।
‘होराइजनल ड्रिलिङ’ प्रविधिबाट ठाउँ ठाउँमा प्वाल पारेर तार अन्डरग्राउन्ड गरिन्छ । जसका कारण सबै सडक खन्नु पर्र्दैन् ।
दुवै केन्द्र आसपासको ठाउँमा तार भूमिगत गर्न भारतको केइआइ कम्पनीले ठेक्का पाएको छ ।
विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न एसियाली विकास बैंक (एडीबी) ले ऋण सहयोग गरेको छ । विद्युत वितरण भूमिगत भएपछि अहिले जस्तो सडकमा तार देखिन्दैन । यस्तै विद्युत प्राधिकरणले घरैबाट बिजुलीको बिल तिर्न मिल्ने गरी स्मार्ट मिटर जडान गर्दै छ ।
ठेकेदारले सो मितिबाट जडान कार्य अघि बढाउने बताएको प्रवक्ता अधिकारीले बताए । उनले दुइबर्ष अर्थात २०७८ मंसिरसम्म अन्डरग्राउन्डको काम सकिने अवस्था आयोजनाले जनाएको बताए ।
अरु केन्द्रमा पनि अन्डरग्राउन्ड गर्नका लागि बोलपत्र आह्वान भइ मुल्यांकनको अन्तिम चरणमा रहेको अधिकारीले जानकारी दिए ।
अन्डग्राउन्डमार्फत दुवै वितरण केन्द्रबाट विद्युत् उपभोग गर्ने झन्डै ९० हजार ग्राहक प्रत्यक्ष रुपले लाभान्वित हुने प्राधिकरणले जनाएको छ ।