बागलुङ । उपनिर्वाचको मौन अवधिमा समायमा बागलुङको नेकपा नेताहरुले तमासा देखाएका छन् । मतदातालाई प्रलोभनमा पार्न खोजिएको भन्दै स्थानीयले बागलुङ प्रदेश एकका सांसद चन्द्रबहादुर बुढाको गाडी नियन्त्रणमा लिएका छन् ।
भोली बागलुङ क्षेत्र नम्बर २ को ख मा चुनाव हुँदैछ । बागलुङ २ (ख) मा हुने प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही र नेपाली काँग्रेसका उम्मेदवार जीतबहादुर शेरचनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
तर, ख को चुनावमा नेकपाको समर्थक उम्मेदवार शाहीलाई जिताउनका लागि क प्रदेश सांसद चन्द्र बहादुर बुढा मतदातालाई प्रलोभनमा पार्न पुगेका हुन् ।
मौन अवधिमा चुनावी प्रचार गर्न नपाइने भए पनि बुढा एक टोली नै लिएर गाडीमा तमानखोला गाउपालिका–१ बोङ्गादोभान पुगेका थिए । उक्त समुहले मतदातालाई विभिन्न विकास आयोजना ल्याईदिने र आर्थिक सहयोग गर्ने प्रलोभन दिईरहेको अबस्थामा फेला पारेका थिए । स्थानीयले सोधपुछ गरी आचारसंहिता बिपरित मतदाता प्रभावित गरेको ठहर गरेपछि गाडी नियन्त्रणमा लिएका हुन् ।
उनीहरुले मतदातालाई नै बाँडन खोजेको आशंका गरिएको छ । मतदाता प्रलोभनमा पार्ने समुहमा प्रदेश सांसद चन्द्रबहादुर बुढासहित बागलुङ जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुंगाना, नेकपा बागलुङ ईन्चार्ज बलावती शर्मा, राजमोका जिल्ला अध्यक्ष अमर थापा , गण्डकी प्रदेश मुख्यमन्त्रीका प्रमुख सल्लाहकार गोविन्द नेपाली लगायतका नेताहरु थिए ।
गाडीमा बाेङ्गादाेभान पुगेका जिल्लाका नेकपा निकट नेताहरूलाइ स्थानीयले नियन्त्रणमा लिइएकाे भिडियाे अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । यता, घटनाबारे नेपाली कांग्रेस जिल्ला कार्य समितिले घाेर भत्र्सना गर्दै विज्ञप्ती प्रकाशित गरेकाे छ ।
