काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमानुसार काम नगर्ने ८८ कम्पनीहरुलाई कारबाही गरेको छ। सेबोनले धितोपत्र दर्ता तथा निष्काशन नियामवाली, २०७३ को व्यवस्थाअनुसार समयमा वित्तीय विवरण पेश नगर्ने कम्पनीहरुलाई तोकिएको समयमा चोथो त्रैमासिक वित्तीय विवरण नबुझाउँदा कुल साढे ५३ लाख रुपैयाँ नगद जरिवाना तिराएको हो।
सोमबार सेबोनले धितोपत्र दर्ता तथा निष्काशन नियामवली, २०७३ को नियम २६ को उपनियम (१) बमोजिम आर्थिक वर्ष २०७९÷८० को चौथो त्रैमासिक वित्तीय विवरण नबुझाउँने वा ढिलो गरि बुझाउँने कम्पनीहरुले ५० हजार रुपैयाँ गरी १ लाख रुपैयाँसम्म नगद जरिवाना तिराउँने निर्णग गर्दै ती कम्पनहिरुको सूची सार्वजनिक गरेको हो।
हालसम्म नेपाल स्टक एक्सचेञ्जमा (नेप्से) २ सय ५८ वटा कम्पनीहरु सूचीकृति छन्। सेबोनको नियमअनुसार सूचीकृत कम्पनीहरुले त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र वित्तीय पेश गर्न गर्नुपर्ने हुन्छ।
तर, सेबोनको निर्देशन उल्लंघन गर्दै यी कम्पनीहरुले वित्तीय विवरण पेश नगरेपछि बोर्डले नगद जरिवाना तिराएको हो। जसमा ६९ वटा कम्पनीले ढिलो त्रेमासिक वित्तीय विवरण पेश गर्दा ५० हजार रुपैयाँको दरले र १९ वटा कम्पनीले वित्तीय विवरण नै पेश नगर्दा १ लाख रुपैयाँका दरले नगद जरिवाना तिर्नु परेको हो।
यसरी जरिवाना तिर्नेमा सबैभन्दा बढी जलविद्युत समुहका ३९ वटा कम्पनीहरु छन्। साथै, बोर्डलाई वित्तीय विवरण ढिलो बुझाउने वा नबुझाउनेमा ४ वटा विकास बैंक, २ वटा फाइनान्स कम्पनी, ३ वटा होटल, ३ वटा लगानी समुहका कम्पनी, २४ वटा माइक्रोफाइनान्स कम्पनी, २ वटा अन्य समुहका कम्पनी, लगानीसम्बन्धी १ वटा, व्यापार समुहकका १ वटा कम्पनी, निर्जीवन बीमा कम्पनी ५ वटा, २ वटा जीवन बीमा कम्पनी, ४ वटा उत्पादन तथा प्रशोधन समुहका र १ वटा अन्य समुहका कम्पनीहरु छन्।
कारबाहीमा परेका कम्पनीहरु