काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चालू आर्थिक वर्ष २०८२*८३ का लागि मार्जिन कारोबार गर्न ३१ स्टक ब्रोकर कम्पनीलाई अनुमति दिएको छ। नेप्सेका अनुसार यस वर्ष सेयर लगानीकर्तालाई मार्जिन ऋण तथा मार्जिन कारोबार सेवा दिन ३१ वटा स्टक ब्रोकर कम्पनीले अनुमति पाएका हुन्।
कोहिनुर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज, क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज, सेक्युर्ड सेक्युरिटिज, भिजन सेक्युरिटिज, प्राइमो सेक्युरिटिज, दीपशिखा धितोपत्र कारोबार, इम्पेरियल सेक्युरिटिज, दिव्या सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट, डायनामिक मनी म्यानेजर्स, दक्षिणकाली इन्भेष्टमेन्टले मार्जिन कारोबार सुविधा सञ्चालन अनुमति पाएका छन्।
श्वेता सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, निभ सेक्युरिटिज, श्रीहरी सेक्युरिटिज, नासा सेक्युरिटिज, सिप्रभी सेक्युरिटिज र भृकुटी स्टकले मार्जिन कारोबार अनुमति पाएका छन्। सुन्धरा सेक्युरिटिज, क्रियटिभ सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज पब्लिक, एबीसी सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, सनी सेक्युरिटिज, ओपल सेक्युरिटिज इन्भेष्टमेन्ट र कालिका सेक्युरिटिजले पनि अनुमति पाएको नेप्सेको सूचनामा उल्लेख छ।
संस्थागत लगानीकर्ता तथा ठूला डिलरका रूपमा रहेका नबिल स्टक डिलर, नागरिक स्टक डिलर, एनआईएमबी स्टक मार्केट्स तथा हिमालयन सेक्युरिटिज पनि कारोबार अनुमति पाएका छन्।
