काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ गते मन्त्री मण्डल हेरफेर गरे । आफ्नै मन्त्रीमण्डलको काम सन्तोषजनक नभएको भन्दै ६ जना मन्त्री र ३ जना राज्यमन्त्री परिबर्तन गरे । मन्त्री मण्डल हेरफेरमा आफ्नो दल नेकपाको मात्र हैन, समाजवादी फोरमबाट नियुक्त भएका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई समेत कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै कानुन मन्त्रालयमा सरुवा गरियो ।
त्यस्तै फोरमबाटै स्वास्थ्य राज्यमन्त्री बनेका सुरेन्द्रकुमार यादवलाई हटाइयो । तर, सोही दलबाट सहरी विकास मन्त्री रहेका मोहम्मद इश्तियाक राईलाई भने प्रधानमन्त्रीले चलाएनन् । सोमबार उपप्रधान तथा कानुन मन्त्री उपेन्द्र यादवले क्याबिनेटमा राखेको संविधान संसोधनको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्विकार गरेपछि मंगलार समाजबादी फोरमले आफ्नो दल सरकारबाट हट्ने निर्णय गर्यो ।
पार्टिको निर्णय सँगै यादब र राईले आ–आफ्नो पदबाट प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाए । राजीनामा बुझाएपछि प्रधानमन्त्री ओलीले मन्त्री राईलाई मंगलबार नै दिउँसो र बेलुका दुई पटक फोन गरेर राजिनामा स्वीकृत नगरेको बताए । बुधबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा बोल्दै निवर्तमान मन्त्री राईले प्रधानमन्त्रीले गरेको आग्रहका बारेमा जानकारी दिएका हुन् । ‘आफ्नो निर्णय भन्दा पार्टिको निर्णयलाई मान्नु पर्ने भएकोले मैले प्रधानमन्त्री ज्यूलाई राजिनामा स्वीकृत गरिदिन भनेको छु’, पूर्वमन्त्री राईले भने ।
समाजवादी फोरमबाट नेतृत्व गरेका यादव र राईले बुझाएको राजीनामा अझै स्वीकृत भने भएको छैन् । प्रधानमन्त्री ओली मन्त्री राईको कार्यसम्पादन मुल्यांकनमा समेत सन्तुष्ट देखिएका थिए । प्रधानमन्त्री ओलीले राईलाई फोन मात्र गरेनन्, सरकारका प्रवक्ता एवंम सुचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटालाई समेत भेट्नलगाएर राजिनामा फिर्ता लिन आग्रह गरेका थिए । तर, उनले प्रधानमन्त्रीलाई दिएकै जवाफ दोहोर्याउदै पार्टीको निर्णय नै आफ्नो निर्णय भएको बताए ।
बाके क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचीत राई २०६८ सालमा श्रम तथा यातायात मन्त्री समेत भएका थिए । त्यो बेला उनी राप्रपामा थिए । दुई पटक मन्त्री हुदा समेत उनी विदेश भ्रमणमा गएनन् । अधिकाशं मन्त्रीहरु विदेश भ्रमणमा बढि गएको भन्दै ओलोचीत भइरहेको बेला राई भने एक पटक पनि विदेश गएनन् । उनकै पार्टिका उपप्रधानमन्त्री यादव स्वास्थ्य मन्त्री हुदा धेरै पटक विदेशमा गएको भन्दै प्रधानमन्त्री ओली समेत रुष्ट बनेका थिए ।
याे पनि पढ्नुहाेस्
मन्त्री राइको वर्हिगमन : सहरी विकासका आयोजना थपे, कार्यान्वयनमा अलमलिए