काठमाडौं। ओप्पोले नेपालमा नयाँ स्मार्ट फोन ओप्पो ए–३ सार्वजनिक गरेको छ । नयाँ शृंखलामा मिलिटरी–ग्रेड प्रतिरोध र मल्टिपल लिक्विड रेसिस्टेन्सको साथ ड्यामेज पु्रफ बडीका साथै लामो समय टिक्ने ५१०० एमएएच ब्याट्री र ४५ वाट फ्ल्यास चार्ज सुविधा छ।
१००० निट्स अल्ट्रा ब्राइट डिस्प्ले, अल्ट्रा भोल्युममोड, स्न्यापड्रागन टक फोर जी एचजी वान मोबाइल प्लेटफर्म, पर्याप्त मेमोरी र स्टोरेजसहितको ओप्पो ए३सँग गेमिङदेखि भिडियो स्ट्रिमिङसहित सबै मनोरञ्जन अनुभवलाई उत्कृष्ट बनाउने कम्पनीले बताएको छ।
प्रयोगात्मक र टिकाउ डिजाइन
दैनिक प्रयोगको विश्वसनीयता सुनिश्चित गर्न डिजाइन गरिएको ओप्पो ए३ मा डबल–टेम्पर ग्लाससहित नवप्रवर्तनकारी सामग्री समावेश गरिएको कम्पनीको दाबी छ।
फोनमा आइपी फिप्टीफोर रेटेड दुई मोडल वाटर र डस्ट रसिस्टेसन छन्, जसले सामान्य कफी, दूध चिया, सुपबाट हुन सक्ने चिपचिपापनबाट सुरक्षित राख्छ। प्रयोगकर्ताले हल्का वर्षामा, स्विमिङ पुलबाट बाहिर निस्केपछि, वा अन्य दैनिक कार्यमा भिजेको हातले फोन चलाइरहन सक्ने कम्पनीले बताएको छ।
मूल्य
कम्पनीले नेपाली बजारमा ओप्पो ए३ को मूल्य ६/१२८ जिबी स्टोरेज भेरियन्टको २२ हजार ९९९ र ८/२५६ जीबी भेरियन्टको २७ हजार ९९९ रुपैयाँ तोकेको छ।