काठमाडौं। नेपाली अटो बजारले चासोका साथ हेर्ने चिनियाँ अटो शो ‘२०२५’ बुधबारबाट सुरु भएको छ। पछिल्लो समय नेपाली बजारमा चिनियाँ अटो ब्राण्डको उपस्थिति बढ्दो छ।
चीनमा सार्वजनिक हुने गाडीहरु केही समयमा नेपाल पनि आउने गर्दछन्। साथै, नयाँ ब्राण्ड आएमा ती ब्राण्डलाई नेपालमा कसले भित्र्याउने भन्ने होडबाजी पनि चल्ने गर्दछ।
यसै कारण चीनको सांघाईमा बुधबारबाट सुरु भएको अटो शो २०२५’ लाई नेपालमा चासोका साथ हेरिएको हो। चीनको सांघाईमा बुधबारदेखि सुरु भएको सांघाई अटो शो २०२५ अप्रिल २३ देखि मे २ (वैशाख २९) सम्म सञ्चालन हुनेछ। विश्व बजारमा चिनियाँ ब्राण्डका गाडीको उपस्थिति दरिलो बन्दै गर्दा यसमा सबैको ध्यान हुनु स्वभाविक नै हो।

यस वर्ष उक्त अटो शोमा कस्ता किसिमका नयाँ ब्राण्ड भित्रिन्छन्? कुन ब्राण्डले कस्तो प्रविधि र नयाँ आयामयुक्त गाडी ल्याउने छ? विश्व बजारमा चलिरहेका ब्राण्डले कस्ता प्रोडक्ट सार्वजनिक गर्ने छन्? यी सबै कुराले गर्दा यसअघि नै चिनियाँ अटो शो चर्चामा थियो। नेपालमा जस्तै चीनमा पनि हरेक वर्ष अटो शो आयोजना हुने गरेको छ।
विगतका वर्षदेखि नेपाली अटो शोमा चिनियाँ अटो व्यवसायी आउने र चीनमा हुने अटो शोमा नेपाली अटो व्यवसायी पुग्ने गरेका छन्।
नेपालमा अधिकांश चिनियाँ ब्राण्डका गाडी आउने गर्दछन्। यस कारण चीनको अटो शोलाई नेपालीले पनि चासोका साथ हेर्ने गर्दछन्। नेपालमा चीन र भारतका गाडी बढी मात्रामा आयात हुने भएकाले चीनमा हुने सवारी गतिविधिमा नेपालीको चासो हुनु स्वाभाविक हो। विगतका वर्षदेखि नेपाली अटो शोमा चिनियाँ अटो व्यवसायी आउने र चीनमा हुने अटो शोमा नेपाली अटो व्यवसायी पुग्ने गरेका छन्।
सांघाईमा १० दिनसम्म चल्ने अटो शोमा दर्जनौं विद्युतीय गाडी प्रदर्शनमा रहेका छन्। अटो शोमा देखाइएका जेका जे फाइभ, लीपमोटर बी १०, नामीले ०६ छिट्टै नेपाल आउने मोडल हुन्।
अटो शोमा देखाएका नेपाल आउने मोडलहरु
जेक्को जे फाइभ
नेपालको लागि जेकको गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स हो। सांघाई अटो शोमा प्रदर्शनी गरिएको जे फाइभ छिट्टै नेपाली बजारमा पनि आउने मोडल हो। जे फाइभ अफरोड तथा एडभेञ्चर राइडिङका लागि डिजाइन गरिएको छ। यो गाडीको एक्स्टेरियर (बाहिरी आवरण) को डिजाइन प्रकृतिबाट प्रेरित छ।
जे फाइममा ६९.८ किलोवाट आवरको लिथियम आयन ब्याट्री दिइएको छ। यसमा २०८ किलोवाटको मोटर जडान गरिएको छ जसले २८३ पीएस पावर र ३८५ एनएम टर्क दिन्छ। जे फाइभ एक पटकको फुल चार्जमा ५०१ किलोमिटर सम्म यात्रा गर्न सकिने कम्पनीले जनाएको छ।
यसमा यात्रुहरूको सुरक्षाको लागि ६ एयरब्याग, सामान राख्न र निकाल्न सजिलोका लागि इलेक्ट्रिक टेलगेट, प्यानोरामिक सनरूफ, आरामदायी सिटका लागि ड्युअल–टोन लेदर अपहोल्स्ट्री पाउन सकिन्छ।
जे फाइभमा १३.२ इञ्चको इन्फोटेन्मेन्ट स्क्रिन, ३६० डिग्री क्यामेरा दिइएको छ। यसमा १३२० एमएम चौडाइ भएका सिटहरूसहित प्रशस्त स्पेस उपलब्ध छ। ४८० लिटरको स्ट्यान्डर्ड ट्रङ स्पेस रहेको गाडीको स्पेस ११८० लिटरसम्म बढाउन सकिन्छ। साथै, यसले १२५० केजीसम्मको ट्रेलर तान्न सक्ने क्षमता राख्दछ। कम्पनीले जे फाइभलाई आउटडोर अफरोड राइडरहरूका साथै ‘पेट फ्रेन्ड्ली’ एसयूभीको रूपमा प्रस्तुत गरेको छ।

यसमा यात्रुहरूको सुरक्षाको लागि ६ एयरब्याग, सामान राख्न र निकाल्न सजिलोका लागि इलेक्ट्रिक टेलगेट, प्यानोरामिक सनरूफ, आरामदायी सिटका लागि ड्युअल–टोन लेदर अपहोल्स्ट्री पाउन सकिन्छ।
लिपमोटर बी१०
नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स हो। बी१० नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले साउन २१ देखि २५ गतेसम्म आयोजना गर्ने पहिलो अटो शोमा प्रदर्शनीको लागि ल्याइने कम्पनीले जनाएको छ।
बी १० लिपमोटरको लिप ३.५ प्लेटफर्ममा निर्मित कार हो। यसमा एड्भान्स ड्राइभर असिस्टेन्ट सिस्टम (एडास) फिचर पनि छ। जसमा स्मार्ट पार्किङसहितको १६ वटा फङ्सन छन्।
बी१० मा दुई ब्याट्री अप्सनहरु पाउन सकिन्छ। जसमा ५६.२ किलोवाट र ६७.१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री उपलब्ध छ। बी१० मा उपलब्ध ५६.२ किलोवाट आवरको ब्याट्रीले ५१० किलोमिटर र ६७.१ किलोवाट आवरको ब्याट्रीले ६०० किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ।
नेपालका लागि डोङफेङ नामी ब्राण्डको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नामी ०६ आगामी भदौमा आयोजना हुने नाडा अटो शोमा शोकेश गर्ने जनाएको छ।
बी१० मा १४.६ इन्चको सस्पेन्डेड टचस्क्रिन, ८.८ इन्चको एलसिडि इन्स्टुमेन्ट क्लस्टर र टु–स्पोक डि– आकारको स्टेयरिङ ह्वील छ। सेन्टर कन्सोलमा दुई वायरलेस चार्जिङ प्याड समावेश छन्। यसमा क्वालकम स्न्यापड्रागन ८२९५ चिप र क्लाउड–आधारित एआई भ्वाइस असिस्टेन्ट प्रयोग गर्दछ। बी१० मा १.८३–वर्ग–मिटर सनरुफ र १२ स्पिकरहरू समावेश छन्।
नामी ०६
चिनियाँ सरकारी स्वामित्वको कम्पनीले नयाँ कम्प्याक्ट एसयूभी ‘नामी ०६’ सांघाई अटो शोमा सर्वाजनिक गरेको छ। सांघाई अटो शो मा सार्वजनिक भएको नामी ०६ २०२५ भित्रै नेपालमा आउने पनि पक्का भईसकेको छ। नेपालका लागि डोङफेङ नामी ब्राण्डको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नामी ०६ आगामी भदौमा आयोजना हुने नाडा अटो शोमा शोकेश गर्ने जनाएको छ।

नामी ०६ डोङफेङको क्वान्टम इलेक्ट्रिक आर्किटेक्चर नं ३ प्लेटफर्ममा बनेको हो। डोङफेङले नामी ०६ एकैपटक लेफ्ट ह्याण्ड र राइट ह्याण्ड ड्राइभमा लन्च गरेको हो। नामी ०६ एसयूभीको लम्बाइ ४३०६ एमएम, चौडाइ १८६८ एमएम, उचाइ १६४५ एमएम तथा २७१५ एमएमको ह्वीलबेस रहेको छ।
यसको क्याबिनमा ठूलो साइजको फ्लोटिङ सेन्टर स्क्रीन, स्लिम डिजीटल क्लस्टर, ड्युल स्पोक स्टेरिङ ह्वील, कोलुम माउण्टेड गियर सेलेक्टर जस्ता फिचर छन्।
यो ईभीमा पानारोमिक सनरुफ, ५० वाटको वायरलेस चार्जर, १२८ कलरको एम्बियन्ट लाइट तथा फ्रन्ट सेन्टर आर्मरेस्टमा हिडन कप होल्डर दिएको छ।