काठमाडौं। नेपालका लागि टोयोटो गाडीको आधिकारिक बिक्रेता व्यावसायिक घराना वैद्यज अर्गनाइजेनसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउस (भोइथ) दुईपांग्रे सवारीसाधन बिक्रीमा पनि आक्रामक देखिएको छ।
झन्डै ५५ वर्षअघि दुईपांग्रे सवारी व्यापारमा संलग्न भएर बीचमा रोकिएको यो समूहले पछिल्लो समय ईभी ब्रान्ड ‘एथर’मार्फत बजारमा फेरि इन्ट्री गरेको थियोे। यसअघि बेनेली बाइकको बिक्री वितरण नेपालमा केटिएम इन्टरनेसनल ट्रेडिङले गर्दै आएको थियो। तर, अब वैद्य समूहअन्तर्गतको ‘वैद्य ग्रुप’ ले बेनेली ब्रान्डको आधिकारिक बिक्रेता लिएको भोइथका अध्यक्ष सुरज वैद्यले पुष्टि गरे।
करिब दुई वर्षअघि सूर्यांश वैद्यको नेतृत्वमा नेपाल भित्रिएको दुईपांग्रे इलेक्ट्रिक स्कुटर एथरले नेपाली बजारमा राम्रो सफलता पाएपछि अब भोइथ ग्रुप दुईपांग्रे सवारीमा थप उत्साहित बनेको छ। एथरको सफलताबाट प्रेरित हुँदै भाेइथले अब विश्वप्रसिद्ध प्रिमियम इटालियन ब्रान्ड बेनेली नेपाली बजारमा बिक्री गर्ने भएको हो।
दुईपांग्रे प्रिमियम इलेक्ट्रिक सेगमेन्टमा पाएको सफलतापछि यो समूहले युवा पुस्तामाझ लोकप्रिय रहेको बेनेली ब्रान्डमार्फत आफ्नो बजार विस्तार गर्न लागेको हो।
नेपाली सडकमा एथर स्कुटरको प्रविधि र यसले बनाएको ब्रान्ड भ्यालुले भोइथ ग्रुपलाई दुई पांग्रे बजारमा पुनः स्थापित हुन ठूलो मद्दत पुर्यायो। दुईपांग्रे प्रिमियम इलेक्ट्रिक सेगमेन्टमा पाएको सफलतापछि यो समूहले युवा पुस्तामाझ लोकप्रिय रहेको बेनेली ब्रान्डमार्फत आफ्नो बजार विस्तार गर्न लागेको हो। लामो समयको ग्यापपछि दुईपांग्रे बजारमा फर्किएको यो समूहले एथरजस्तै बेनेलीलाई पनि नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएको छ।
बेनेलीको नेपाली बजारमा प्रवेश
इटालीको प्रसिद्ध मोटरसाइकल ब्रान्ड बेनेली नेपाली बजारमा सन् २०१५ देखि प्रवेश गरेको हो। उक्त समय बेनेली नेपाली बजारमा बेनेलीको आधिकारिक वितरकको रुपमा केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिले भित्र्याएको थियो। यो कम्पनी पञ्चकन्या ग्रुप, गोल्छा अर्गनाइजेसन र सारडा ग्रुपको संयुक्त लगानी मा सञ्चालित छ।
केटीएम इन्टरनेसनलले सन् २०१५ मा बेनेली बाइक भित्र्याउँदा सुरुमा तीनवटा मोडल ‘टीएनटी ३००’, ‘६०० आई’ र ‘६०० जीटी’ सार्वजनिक गरेको थियो। अहिले नेपाली बजारमा बेनेली टीएनटी १३५, टीएनटी १५, पनेरा १२५, टीएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टीआरके २५१, ६०० आई र ७५२ एसलगायतका मोडल उपलब्ध छन्।
करिब दुई वर्षअघि सूर्यांश वैद्यको नेतृत्वमा नेपाल भित्रिएको दुईपांग्रे इलेक्ट्रिक स्कुटर एथरले बजारमा राम्रो सफलता पाएसँगै अब भोइथ ग्रुप दुईपांग्रे सवारीमा उत्साहित बनेको हो।
हाल नेपाली बजारमा बेनेलीका १५० सीसीदेखि ७५० सीसीसम्मका विभिन्न मोडेलका बाइक तथा स्कुटर उपलब्ध छन्, जसमा टिएनटी सिरिजका नेकेड बाइक, टिआरके सिरिजका एडभेन्चर बाइकहरू र पछिल्लो समय प्यानरिया १२५ प्रिमियम स्कुटर पनि लोकप्रिय बनेको छ।
नेपालमा मुख्य सोरुम नक्सालमा रहेको छ। भने ती बाहेक कुपन्डाेल, ग्वार्को, भक्तपुरमा पनि बेनेलीका सोरुम छन्। उपत्यका बाहिर भने विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, पोखरालगायत ठाउँमा बेनेलीका सोरुम छन्।
बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो जुन १९९१ मा स्थापित भएको थियो र यसले प्रिमियम, बीग–बोर, स्पोर्टस् र नेकेड बाइक उत्पादन गर्दछ, जुन बलियो र स्पोर्टी दुवै छ। यो इटालीको सबैभन्दा पुरानो मोटरसाइकल उत्पादकमध्ये एक हो।