काठमाडौं। आवासीय चिकित्सकहरुले अस्पतालमा ओपिडी सेवा ठप्प पार्दा अस्पताल आएका बिरामी मर्कामा परेका छन्। सरकारीसरह निर्वाह भत्ता पाउनुपर्ने माग गर्दै २३ दिनदेखि आन्दोलनरत निजी मेडिकल कलेजका चिकित्सकका कारण बिरामी मारमा परेका हुन्।
उनीहरुको आन्दोलनमा सरकारी चिकित्सकहरुले पनि ऐक्यबद्धता जनाएका छन्। आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक सेवाहरु प्रभावित बन्न पुगेका हुन्। वीर अस्पतालमा मात्रै दैनिक दुई हजारभन्दा बढीले ओपिडी सेवा लिने गरेका छन्। ओपिडी सेवा ठप्प हुँदा उपचारमा आंशिक प्रभाव परेको वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले बताए।
उनले भने, “आवासीय चिकित्सकहरु आन्दोलनमा जानुभएको छ। त्यसैले ओपिडी सेवामा आंशिक प्रभाव परेको छ। जति चिकित्सक हुनुहुन्छ उहाँहरुले हेरिराख्नुभएको छ। आकस्मिक तथा सघन उपचार कक्षमा भने सेवा निरन्तर छ त्यसमा प्रभाव परेको छैन।”
-1745574511.jpg)
आवासीय चिकित्सकहरुले सेवा बहिष्कार गर्दा राष्ट्रिय ट्रमा सेन्टरमा पनि ओपिडी सेवा पूर्ण रुपमा ठप्प छ। आकस्मिकबाहेक अरु सेवा दिन नसकिएको सेन्टरका निर्देशक डा बद्री रिजालले जानकारी दिए।
उनले भने,“दैनिक ४०० देखि ५०० सम्म बिरामी आउँछन्। ओपिडी बन्द हुँदा समस्या परेको छ।” त्यसैगरी कान्ति बाल अस्पतालमा पनि चिकित्सकहरुले आन्दोलनमा साथ दिँदै ओपिडी सेवा बहिष्कार गरेका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पतालमा पनि सेवा प्रभावित भएको छ।
नेपाल चिकित्सक सङ्घले विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्न सबै निजी तथा सरकारी अस्पताल,क्लिनिक, मेडिकल कलेज र प्रतिष्ठानहरुका निर्देशक, चिकित्सकहरुलाई आह्वान गरेको थियो। जसका कारण सरकारी अस्पतालमा आज ओपिडी सेवा प्रभावित बन्न पुगेको हो।
-1745574511.jpg)
-(1)-1745574509.jpg)
-1745574507.jpg)
-1745574507.jpg)