काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्युतीय सवारी साधान (ईभी)को कर बढ्ने भन्दै बजेटको पूर्वसन्ध्यालाई लक्षित गरी विभिन्न कम्पनीले प्रि-बजेट अफर ल्याए पनि गाडी बिक्रीमा खास लहर ल्याउन सकेन।
बजेटपछि कर बढ्ने निश्चित रहेको भन्दै व्यवसायीहरूले ग्राहकलाई लक्षित गरी ल्याएको प्रि-बजेट अफर ल्याए पनि अपेक्षाअनुसार व्यापारमा लहर नल्याएको व्यवसायीहरू बताउँछन्।
निजी सवारी साधन आयातकर्ता तथा बिक्रेता कम्पनीहरूले विभिन्न छुट, एक्सचेञ्ज क्याम्प, २० प्रतिशत डाउनपेमेन्टजस्ता योजना सार्वजनिक गरिरहेका छन्। तर, अटो बजारमा ती अफरहरूले सवारी साधनको बिक्री बढेको देखिएको छैन।
हाल विद्युतीय गाडीको आयात बढ्दै गए पनि यसको बिक्री सामान्य अवस्थामा जस्तै रहेको छ। बजेटमा करको दर परिवर्तन हुने अनुमान गर्दै यतिबेला एकातिर व्यवसायीहरू धमाधम गाडी भित्र्याउन लागि परिरहेका छन्। अर्काेतर्फ ग्राहकलाई आकर्षक अफरहरू दिँदै प्रि-बजेट एक्सचेञ्ज क्याप आयोजना गर्दै आइरहेका छन्।
राष्ट्र बैंक र सरकारले ईभीमा बारम्बार गरेको नीतिगत फेरबदलका कारण ग्राहकहरूमा एक किसिमको निराशाजनक अवस्था सिर्जना भइरहँदा प्रि-बजेट अफरमार्फत विभिन्न कम्पनीहरूले ग्राहक लक्षित योजना सार्वजनिक गरिरहे पनि ग्राहक भने अन्योलमा परेका छन्।
बजेटमा कर बढ्ने शंकाले एउटै कम्पनीले एक हजार पाँच सयदेखि दुई हजार युनिटसम्म गाडी स्कटमा राख्न मगाएका छन्। अहिले जति गाडी मगाए पनि यो सबै एक वर्ष लगाएर बिक्री गर्ने उनको भनाइ छ।
सवारी साधनको बिक्री बढाउने उद्देश्यले प्रि-बजेट अफरमार्फत कम्पनीहरूले एक्सचेञ्ज क्याम्प, ८० प्रतिशत फाइनान्स र नगद छुटलगायतका अफरहरू दिँदै बिक्री बढाउने कोशिस गरिरहेका छन्। तर, यस्ता खालका अफरहरूले पनि यति बेला सवारी साधनको बिक्री भने बढ्न नसकेको व्यवसायीहरूको भनाइ छ।
हाल अधिकांश कम्पनीहरूले प्रि-बजेट अफरमार्फत विभिन्न खालका छुट, सुविधा तथा एक्सचेञ्ज क्याम्प संचालन गरे पनि ईभीको बिक्री बढ्न नसकेको एक व्यवसायीले बताए। ‘अहिले प्रि-बजेटको अफर अधिकांश कम्पनीले दिइरहेका छन्,’ ती व्यवसायीले भने, ‘प्रि-बजेटमार्फत ग्राहकहरूलाई विभिन्न खालका स्किम दिए पनि अटो बजार सुनसान छ। खासै चहलपहल हुन सकेको छैन।’
बजेटमा कर बढ्ने शंकाले एउटै कम्पनीले एक हजार पाँच सयदेखि दुई हजार युनिटसम्म गाडी स्कटमा राख्न मगाएका छन्। अहिले जति गाडी मगाए पनि यो सबै एक वर्ष लगाएर बिक्री गर्ने उनको भनाइ छ।
बजेटको पूर्वसन्ध्यामा प्रि-बजेट अफरमार्फत सञ्चालन गरिरहेका एक्सचेञ्ज क्याम्पले कुनै कम्पनीमा मात्र सकारात्मक प्रतिक्रिया आएको अर्का व्यवसायी बताउँछन्। ‘प्रि-बजेट अफरमार्फत सञ्चालन भइरहेको एक्सचेञ्ज क्याम्पले एउटै कम्पनीले सार्वजनिक गरेको अफरहरूमा कुनै ब्राण्डमा राम्रो प्रभाव देखिएको छ कुनैमा भने एक्सचेञ्ज क्याम्पको कुनै प्रभाव देखिएको छैन,’ धेरै ब्राण्डले एकै खालका अफर दिइरहँदा ग्राहक अन्योलमा परेको उनको भनाइ छ।
यतिबेला व्यवसायी आफूसँग भएका पुराना स्टक घटाउने र नयाँ गाडी आयात गरी स्टक राख्न लागिपरिरहेका छन्। पछिल्लो समय नेपाली अटो बजारमा यति धेरै ब्राण्डहरू भित्रिएका छन्। जसले ग्राहकमा धेरै विकल्पहरू छन्।
‘नेपालमा भएका अधिकांश ब्राण्डले प्रि-बजेट अफरको रुपमा २० प्रतिशत डाउन पेमेन्ट, ७ किलोवाटको चार्जर, फ्रि इन्स्योरेन्स, एक वर्षको फ्रि रोड ट्याक्सलगायतका अफर दिएका छन्। यी अफर सबै ब्राण्डमा भएकाले कुन गाडी खरिद गर्ने भन्ने कुराको स्पष्टता ग्राहकमा छैन,’ ती व्यवसायीले भने, ‘एक्सचेञ्ज क्याम्पमा ग्राहकहरूको भिड देखिन्छ। तर, गाडी एक्सचेञ्जभन्दा अफरबारे सोधबुझ मात्र गरेर गइरहेका छन्।’
यतिबेला व्यवसायी आफूसँग भएका पुराना स्टक घटाउने र नयाँ गाडी आयात गरी स्टक राख्न लागिपरिरहेका छन्। पछिल्लो समय नेपाली अटो बजारमा यति धेरै ब्राण्डहरू भित्रिएका छन्। जसले ग्राहकमा धेरै विकल्पहरू छन्।
अधिकांश ब्राण्डले ग्राहक लक्षित अफर तथा एक्सचेञ्ज क्याम्प सञ्चालन गरिरहे पनि यसले ग्राहकमा खासै उत्साह ल्याउन नसकेको व्यवसायीहरूको भनाइ छ।
यस्ता छन् प्रि-बजेट अफर
बजेटमार्फत ईभीको कर वृद्धि हुने चर्चा चलिरहेको समयमा सिप्रदी ट्रेडिङले नेपालमा बिक्री गर्दै आएको टाटा गाडीमा कम्पनीले एक्सचेञ्ज क्याम्प आयोजना गरेको छ। मेलामा ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानो गाडी दिएर टाटाको ब्राण्ड न्यू ईभी एक्सचेञ्जको अफर कम्पनीले दिएको छ।
एक्सचेञ्जको आकर्षक एक्सचेञ्ज वोनस र लाइफटाइम निःशुल्क चार्जिङ सुविधा, निःशुल्क जडानसहित चार्जिङ वक्स र एसोसरिज र २० प्रतिशत डाउनपेमेन्टमा टाटाको गाडी खरिद गर्न सकिने अफर कम्पनीले दिएको छ।
सिजी मोटर्सले बिक्री गर्दै आएको एक्सपेङमा प्रि-बजेट अफरमार्फत एक्सपेङ १४.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा खरिद गर्न पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार किस्ताबन्दीमा ग्राहकले वार्षिक ६.५५ प्रतिशत मात्रै ब्याजदर तिर्नुपर्ने छ। प्रि-बजेट अफरअन्तर्गत एक्सपेङ खरिद गर्ने ग्राहकले नगद छुट, ७ किलोवाटको चार्जर, फ्रि इन्स्योरेन्स, एक वर्षको फ्रि रोड ट्याक्स पाउने छन्।
नेपालका लागि नामी गाडीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले बिक्री गर्दै आएको नामीमा प्रि-बजेट ब्यास अफरमार्फत नामी गाडी ५.९९ लाख रुपैयाँ डाउन पेमेन्ट गरी नामी खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
एमएडब्लु वृद्धिले बिक्री गर्दै आएको सेरस ब्राण्डका गाडीमा कम्पनीले ‘प्रि-बजेट ब्यास’ अफरमार्फत सेरेस ईभी ८.९९ लाख रुपैयाँमा उपलब्ध गराउँदै आएको छ। अफरअन्तर्गत ग्राहकले नयाँ ईभी गाडी टेस्ट ड्राइभ गर्न र पुराना गाडी साटफेर गर्ने सुविधाका साथै, उपभोक्ताले सेरेसमा दुई लाख रुपैयाँसम्मको विशेष अफरसमेत प्राप्त गर्ने कम्पनीले बताउँदै आएको छ।
नेपालका लागि नामी गाडीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले बिक्री गर्दै आएको नामीमा प्रि-बजेट ब्यास अफरमार्फत नामी गाडी ५.९९ लाख रुपैयाँ डाउन पेमेन्ट गरी नामी खरिद गर्न सकिने कम्पनीले जनाएको छ। प्रि-बजेट अफरमार्फत नामी खरिद गर्ने ग्राहकहरूले एक लाख रुपैयाँसम्म फाइदा लिन सकिने कम्पनीले जनाएको छ।
एमडब्लु वृद्धिले बिक्री गर्दै आएको दिपल ब्राण्डका गाडीमो प्रि-बजेट अफरमार्फत कम्पनीले नगद छुट र एक्सचेञ्ज बोनस दिइरहेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को निःशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बिमा सुविधाका साथै ग्राहकले निःशुल्क ७ किलोवाटको वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर पनि दिएको छ। यसका अलावा कम्पनीले २० प्रतिशत डाउन पेमेन्टमै गाडी खरिद गर्न सकिने बताएको छ। फाइनान्स सुविधामा ब्याजदर ८.९९ प्रतिशत छ।
नेपालका लागि ओमोडा-जेक्को गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले न्यूनतम १० लाख ३९ हजार रुपैयाँ डाउन पेमेन्टमा गाडी किन्न सकिने प्रि-बजेट अफर ल्याएको छ। कम्पनीले २० प्रतिशत डाउन पेमेन्टमा ओमोडा-जेक्को ईभी खरिद गर्न सकिने र किस्ताबन्दीमा ग्राहकले वार्षिक ८.०५ प्रतिशत मात्रै ब्याजदर तिर्नुपर्ने अफर दिइरहेको छ।
प्रि-बजेट अफर अवधिभर ग्राहकले ५ लाख १५ हजार रुपैयाँसम्मको फाइदा पाउने छन्। साथै, १ वर्षको इन्स्योरेन्स, मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी, १ वर्षको रोड ट्याक्स फ्री, एक्सचेञ्ज बोनस र ७ किलोवाटको चार्जर पाउने छन्। योसँगै कम्पनीले ‘स्विच एण्ड ड्राइभ प्रि-बजेट एक्सचेञ्ज अफर’ पनि दिइरहेको छ।
त्यस्तै, नेपालका लागि स्काइवेल गाडीको आधिकारिक वितरक जी मोटर्स प्रालिले ‘स्काइवेल एक्सचेञ्व अफर, अपग्रेड टु स्काइवेल-ड्राइभ लक्जरी ईभी यसयूभी’ योजना प्रि-बजेट अफरको रुपमा ल्याएको थियो। यस अफरअन्तर्गत ग्राहकले स्काइवेलको ईभी खरिदमा स्पेशल छुट र एक्सचेञ्ज अफरमा विशेष बोनसका साथै, २० प्रतिशत डाउन पेमेन्टमा स्काइवेलको सवारी साधन खरिद गर्न सक्ने फाइनान्स सुविधा उपलब्ध गराइएको थियो।