काठमाडौं। टेस्लासँगै विभिन्न ठूला कम्पनीका मालिक तथा अमेरिकी अर्बपति एलन मस्कले ट्रम्प प्रशासन छोडेका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत यो जानकारी दिएका हुन्।
मस्कले विशेष सरकारी कर्मचारीका रूपमा आफ्नो समय सकिएको बताए। उनले यस जिम्मेवारीका लागि अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिए। ट्रम्पले मस्कलाई सरकारी दक्षता विभाग (डोज)को जिम्मेवारी दिएका थिए। जसको काम सरकारको बेकारका खर्च घटाउनु थियो।
एक दिन अघि राजीनामा
जानकारीअनुसार राष्ट्रपति बनेपछि ट्रम्पले मे ३० सन् २०२५ सम्म मात्र मस्कलाई डोज प्रमुखको रूपमा नियुक्त गरेका थिए। अर्थात्, जब मस्कले राजीनामा दिए। त्यसको एक दिनपछि उनको कार्यकाल समाप्त हुँदै थियो।
मस्कको राजीनामाको स्पष्ट कारण खुलाइएको छैन। तर, उनी ट्रम्पले बिग ब्युटिफुल भनेर वर्णन गरेको विधेयकको विरोध गरिरहेका थिए। मस्कले भनेका थिए- डोजको उद्देश्य खर्च कटौती गर्नु हो, यो विधेयक त्यसको विरुद्धमा छ।
सरकारी पद छाड्नुभन्दा एक दिनअघि मस्कले अमेरिकी टिभी च्यानल सीबीएसलाई दिएको अन्तर्वार्तामा भनेका थिए- मैले राजनीतिमा गर्नुपर्ने सबै काम गरेको छु। अब म दान गर्दिनँ।
वाशिंगटन पोस्टलाई दिएको अन्तर्वार्तामा मस्कले भनेका थिए- संघीय कर्मचारीतन्त्रको अवस्था मैले सोचेभन्दा खराब छ।
उनका यी दुवै अभिव्यक्तिले संकेत गर्छन् कि मस्कले आफूलाई राजनीतिबाट टाढा राख्ने छन्। केही मिडिया रिपोर्टका अनुसार मस्क अब सरकारी भूमिकाबाट राजीनामा दिने छन्। फेरि टेस्ला र स्पेसएक्स जस्ता आफ्ना कम्पनीमा ध्यान केन्द्रित गर्ने छन्।