काठमाडौं। भारतको हवाई कम्पनी एयर इन्डिया एक्सप्रेसले आइतबारदेखि काठमाडौं र बैंगलोरबीच दैनिक प्रत्यक्ष उडान सुरू गरेको छ।
एयर इन्डियाको बढ्दो सञ्जालमा काठमाडौं १७औँ अन्तर्राष्ट्रिय गन्तव्य र एयर इन्डिया एक्सप्रेसका लागि नेपालमा पहिलो स्टेशन बनेको हो।
बैंगलोरबाट दैनिक उडान बिहान ८ः०५ बजे सीधै काठमाडौं आइपुग्ने र बिहान ९ः०५ बजे प्रस्थान गर्ने गरी हवाई उडान सञ्चालन गरिने छ।
‘हामी हाम्रो छिमेकी देश नेपालमा हाम्रो उपस्थिति विस्तार गर्न, गहिरो सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझ बलियो बनाउँन पाउँदा खुसी छौं, यो नयाँ मार्गले मानिस, कथा र परम्परालाई नजिक ल्याउने छ, यात्रालाई अझ सुलभ र अर्थपूर्ण बनाउने हाम्रो दृष्टिकोणलाई सुदृढ बनाउने छ, यसले बैंकक र फुकेट जस्ता छोटो दूरीको अन्तर्राष्ट्रिय मनोरञ्जन गन्तव्यहरूमा हाम्रो हालैको विस्तारमा पनि मद्दत गर्दछ,’ एयर इन्डिया एक्सप्रेसका प्रबन्ध निर्देशक आलोक सिंहले भने।
यो उडानले काठमाडौंबाट बैंगलोर हुँदै चेन्नई, हैदराबाद, कोच्चि, तिरुवनन्तपुरम, गोवा र तिरुचिरापल्ली जस्ता भारतीय सहरका साथै मध्य पूर्वका अबु धाबी र दम्ममसम्म एक स्टप पहुँच हुने छ। सेवा एयरलाइन्सको बोइङ ७३७ विमान प्रयोग गरेर सञ्चालन हुने भएको छ।