भारत सरकारको एक प्रमुख रणनीतिक निर्णय अब उपयोगी साबित हुने देखिएको छ। महत्वपुर्ण मानिएको यो निर्णय अनुसार भारतमा कच्चा तेल ओडिशा र कर्नाटकको भूमिगत चट्टाने गुफामा जम्मा गरिनेछ। भारत सरकारले आपतकालको समयमा कच्चा तेलको अभाव हुन नदिन भण्डारण क्षमता बढाउन लागेको हो ।
भारत सरकारका अनुसार अहिले भारतसँग १२ दिनको लागि पुग्ने तेल रिजर्भ छ। नयाँ भूमिगत भण्डारण सुविधा सिर्जना भएपछि भारतसँग २२ दिनसम्मलाइ पुग्ने तेल स्टकमा रहने छ । सो भूमिगत भण्डारमा ६५ लाख टन कच्चा तेल भण्डारण हुने बताइएको छ।
भारतमा पहिले नै तीनवटा भूमिगत भण्डारण सुविधाहरू छन्।
जहाँ जहिले पनि छघ लाख टन कच्चा तेल भण्डारण हुन्छ। यो भण्डार क्षेत्र विशाखपट्टनम, मंगलोर र पडुरमा छ। भारतको तेल मार्केटिंग र उत्पादन कम्पनीहरूले पनि कच्चा तेल मगाइरहेका हुन्छन् । यद्यपि यी रणनीतिक सञ्चयहरू यी कम्पनीहरूसँग रहेका भण्डारहरूभन्दा फरक छन्।
सयौं फिट जमिन मुनी तेल भण्डार गर्न भनेर ढुंगा काटेर काटेर गुफा बनाइन्छ । वैज्ञानिक रूपमा, यस्तो स्थान हाइड्रोकार्बन भण्डारणको लागि उपयुक्त छ। यी भण्डारमा संचय गरेर राखिएका इन्धन भारतको ऊर्जा सुरक्षा र बाह्य आपूर्ति बन्द भएमा प्रयोग हुने छ। भारतीय रणनीतिक पेट्रोलियम रिजर्व लिमिटेड भूमिगत भण्डारण निर्माण गर्दछ।
यस कारण बनाइयाे चट्टाने भण्डार
सन् १९९० को दशकमा खाडी युद्धको क्रममा भारत झन्डै संकटमा परेको थियो । त्यतीबेला पेट्रोलियमो मूल्यले आकाश छोएको थियो । जसले गर्दा नियमित भुक्तानी गर्न भारतलाइ समस्या पर्यो । भारतसँग मात्र तीन हप्ताको स्टक बाँकी थियो। यद्यपि मनमोहन सिंह सरकारले अवस्थालाई राम्रोसँग सम्हाले।
उदारीकरण, निजीकरण र भूमण्डलीकरणको नीतिले अर्थतन्त्र रेलको लिकमा फर्किएर सामान्य अवस्थामा आयो । तर, यसपछि पनि तेलको मूल्यमा आएको उतार चढावले भारतलाई असर गरि नै रह्यो। सन् १९९८ मा प्रधानमन्त्री अटल बिहारी वाजपेयीले यस समस्याको सामना गर्न भूमिगत भण्डारण गर्ने निर्णय गरे। २०१८ मे मा मंगलोर अंडरग्राउण्ड स्टोरेजका लागि संयुक्त अरब इमिरेट्सबाट पहिलो पटक भण्डारणका लागि कच्चा तेल भारत ल्याइयो ।
यो संयोग नै हो की कोरोना भाइरसका कारण अहिले इन्टरनेशल तेल मार्केटमा मन्दी छ । साउदी अरेबियामा तेलको दाम ३० प्रतिशत घटेको छ । कच्चा तेल ४० डलर प्रति ब्यारल घटेको छ । यसले भारतीय बजारलाइ पनि राहत पुर्याएको छ । अहिले सस्तो मूल्यमा तेल खरिद गरेर जम्मा गरेको फाइदा भविष्यमा राम्रै हुन सक्छ ।
भारतीय सञ्चारमाध्यमबाट