काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दर्जन देशका नागरिकलाई अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। उनको पहिलो कार्यकालबाट विभाजनकारी उपायलाई पुनर्जीवित गरेको छ।
यो कदमले शरणार्थी मार्गमा बाधा पुर्याउने र ट्रम्प प्रशासनले अवैध प्रवेशमाथिको कारबाहीलाई विस्तार गर्दै अध्यागमनलाई थप प्रतिबन्धित गर्ने अपेक्षा गरिएको छ।
प्रतिबन्धले समेटेका इरान र अफगानिस्तान जस्ता धेरै राष्ट्रको मेरिकासँग शत्रुतापूर्ण सम्बन्ध छ। हाइटी र लिबिया जस्ता मुलुकले गम्भीर संकटको सामना गरिरहेका छन्।
गत हप्ता आफ्नो प्रतिबन्धको घोषणा गर्दै ट्रम्पले कोलोराडोमा यहुदीमाथि हालै भएको ‘आतंकवादी आक्रमण’ले नयाँ उपायलाई उत्प्रेरित गरेको बताएका थिए।
यो समूहले गाजामा बन्दी बनाइएका बन्धकसँगको ऐक्यबद्धतामा विरोध गरिरहेको थियो। उनीहरूलाई ह्वाइट हाउसले आफ्नो भिसा अवधि नाघेको भन्दै एक व्यक्तिले आक्रमण गरेको थियो।
ह्वाइट हाउसका अनुसार अफगानिस्तान, म्यान्मा, चाड, कङ्गो-ब्राजाभिल, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिकाको सबै यात्रामा प्रतिबन्ध लगाइएको छ।
ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका यात्रुमा पनि आंशिक प्रतिबन्ध लगाएका छन्। ती देशबाट केही अस्थायी कार्य भिसालाई अनुमति दिइने छ। ट्रम्पले संसारभरि खतरा देखा पर्दै गएअनुसार नयाँ मुलुक थप्न सकिने चेतावनी दिएका छन्।