काठमाडौं। गण्डकी प्रदेशका उद्योगको औसत उत्पादन क्षमता उपयोग ४०.८५ प्रतिशत पुगेको छ। गत वर्ष सोही अवधिमा ४१.२६ प्रतिशत थियो।
राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर उपभोक्ताको मूल्यमा ४.६१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। गत आव २०८०/८१ मा यस्तो वृद्धि दर ३.६७ प्रतिशत रहेको संशोधित अनुमान छ।
२०८१/८२ को कुल गार्हस्थ उत्पादन (जीडीपी)मा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको योगदान क्रमशः २५.६ प्रतिशत, १२.४ प्रतिशत र ६२ प्रतिशत रहने कार्यालयको प्रारम्भिक अनुमान गरेको छ। २०८१/८२ को गण्डकीको जीडीपीमा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको योगदान क्रमशः २७.८, १६.४ र ५५.८ प्रतिशत हुने कार्यालयको अनुमान छ।
चालु आव प्रथम अर्धवार्षिक अवधिमा गण्डकीमा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब २.०८ प्रतिशतले ह्रास आई ३ लाख ८१ हजार ८३० हेक्टर कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो क्षेत्रफल ८.३५ प्रतिशतले घटेको थियो।
चालु आव पुस मसान्तमा गण्डकीमा तरकारीले ढाकेको क्षेत्रफल ७.८५ प्रतिशत र मसलाबालीले ढाकेको क्षेत्रफल २.७ प्रतिशतले ह्रास आएको छ भने फलफूलले ढाकेको क्षेत्रफल ०.८७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ४.६१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। गत आव २०८०/८१ मा यस्तो वृद्धिदर ३.६७ प्रतिशत रहेको संशोधित अनुमान छ।
कालीगण्डकी करिडोर अन्तर्गतको मालढुंगा-राम्दी-गैँडाकोट खण्ड निर्माण कार्यको भौतिक प्रगति करिब ६८ प्रतिशत तथा वित्तीय प्रगति ६४ प्रतिशत रहेको छ। बेनी-जोमसोम खण्डको भौतिक प्रगति ८४ प्रतिशत तथा वित्तीय प्रगति ८१ प्रतिशत छ।