काठमाडौं। शनिबार बिहान (असार ७ गते) पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका ४ डडुवामा बस र विद्युतीय माइक्रो बस (ईभी) दुर्घटना भयो।
बस र माइक्रो दुर्घटना हुँदा पाँच जनाको घटना स्थलमै र दुई जनाको उपचारको क्रममा ज्यान गुमाए । २४ जना यात्रु घाइते भए। कहाली लाग्दो उक्त दुर्घटनाको २४ घण्टा नबित्दै बेलुका फेरि भूपी शेरचन राजमार्गअन्तर्गत पोखरा महानगर २५ हेम्जामा ईभी माइक्रो बस दुर्घटना भयो। पोखराबाट पूर्वततर्फ जाँदै गरेको ग१ज ८६९१ नम्बरको माइक्रो शनिबार दिउँसो हेम्जा फेदीमा दुर्घटना हुँदा ६ जना घाइते भए।
ईभी माइक्रो बस दुर्घटनाको क्रम यतिमा मात्र टुंगिदैन। असार २ गते काठमाडौंको कलंकीस्थित इडिफाई इन्टरनेसनल स्कुलको कम्पाउन्डमा ईभी माइक्रो दुर्घटना भयो। स्कुलबाट बाहिर निस्कने क्रममा स्कुलको गेटको पिल्लरमा ठोक्किएर ईभी माइक्रो भ्यान दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भयो। सात जना घाइते भए।
त्यसअघि २०८२ जेठ १ गते धादिङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ८६३० नम्बरको ईभी माइक्रो बस पोखरा महानगर ३२ मा दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाएका थिए।
-1750597808.jpg)
त्यसअघि गत वैशाख ५ गते काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको ईभी माइक्रो गाडी मकवानपुरमा दुर्घटना भयो। उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु हुँदा १४ जना घाइते भएका थिए।
यसअघि गत वैशाख १७ गते धनगढीबाट बैतडी जाँदै गरेको सु.प.प्र. ०२००१ ज ०५६७ नम्बरको ईभी हाइस डोटीमा दुर्घटना भयो। उक्त दुर्घटनामा सात जना घाइते भए।
नेपालमा पछिल्लो समय ईभी माइक्रो बस दुर्घटनाको संख्या तीव्र रूपमा बढिरहेको छ। देशभर भएका दुर्घटनाले धेरैको ज्यान लिइसकेको छ।
त्यस्तै, २०८१ भदौ ७ गते काठमाडौंबाट पोखरा जाँदै गरेको एचए ०१२१ नम्बरको ईभी माइक्रो बस धादिङमा दुर्घटनामा प¥यो। धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा दुर्घटना हुँदा १५ जना घाइते भएका थिए।
नेपालमा पछिल्लो समय ईभी माइक्रो बस दुर्घटनाको संख्या तीव्र रूपमा बढिरहेको छ। देशभर भएका दुर्घटनाले धेरैको ज्यान लिइसकेको छ। सयौँ यात्रु घाइते भएका छन्। यो संख्या निरन्तर बढ्दो छ।
-1750597809.jpg)
यसरी दुर्घटनाको दरलाई हेर्दा काल बनेर ईभी माइक्रो बस आएको व्याख्या हुन थालेको छ। चितवनमा भएको दुर्घटनापछि हेटौँडाका पत्रकार दिल बहादुर लामाले सामाजिक सञ्जालमार्फत लेखे, ‘ईभी गाडी वातावरणीय दृष्टिले राम्रो भए पनि चालकको जिम्मेवारी र गति नियन्त्रण नभए दुर्घटनाको जोखिम बढ्ने हुन्छ। मुख्य हाइवेमा ओभर स्पिड र यात्रुलाई लोभ्याएर चाँडो र्पुयाउँछु भन्नेजस्ता प्रवृत्तिले आज यस्तो दुःखद घटना हुन पुग्यो।’
यदि, ईभीको ठाउँमा अन्य गाडी भएको भए यसरी अनाहकमा ज्यान गुमाउनुपर्ने स्थिति नहुने उनको दाबी छ। उनी जस्तै धेरैले सामाजिक सञ्जालमा चितवन दुर्घटनापछि ईभी भ्यान कालको रुपमा नेपालमा आएको र यसलाई तत्कालै नियमन गर्नुपर्ने धारणाहरु राखिरहेका छन्।
दिनहुँजसो दुर्घटना हुन थालेपछि सर्वसाधारणले यात्रा गर्नुअघि सोच्न बाध्य बनाएको यात्रुहरुको भनाइ छ। यातायात क्षेत्रमा पर्यावरणमैत्री विकल्पका रूपमा सुरु गरिएको ईभी सेवा अहिले सुरक्षा चुनौतीको सामना गरिरहेको छ।
-1750597808.jpg)
पछिल्लो समय ठूला राजमार्गमा भएका दुर्घटनामा सयौँ मानिस घाइते भएका छन्। दर्जनौँ यात्रुले ज्यान गुमाइसकेका छन्। दिनदिनै अथवा दिनमा दुई तीन वटा दुर्घटनाका उदाहरण स्वरूप चितवनमा र पोखरामा एकै दिन भएको ईभी माइक्रोको घटनालाई लिन सकिन्छ। चितवनमा भएको दुर्घटनामा सात जनाको मृत्यु हुँदा पोखरामा ६ जना घाइते भएका छन्। दुर्घटनाका अधिकांश घटनामा चालकको लापरवाही, अनियन्त्रित गति र अपर्याप्त तालिम मुख्य कारणका रूपमा देखिएका छन्।
नेपालमा धेरै दुर्घटना चालकको लापरबाहीका कारण भइरहेको छ। अघिकांश दुर्घटना ओभर स्पिडका कारण हुने गरेको उनको भनाइ छ।
यातायात विज्ञ आशिष गजुरेलका अनुसार ईभी भ्यानको पछिल्लो दुर्घटनाको दर डर लाग्दो हुन थालेको छ। ‘ईभी गाडी फुल चार्जमा ओरालो तिर जाँदा पनि समस्या हुने रहेछ। गाडी ओरालो हिँड्दा रिचार्ज हुन्छ। १०० प्रतिशत चार्ज भएको गाडीमा थप चार्ज नहुने हुँदा त्यसले ‘डिस ब्यालेन्स’ हुने गरेको अनुभव धेरै चालकको मुखबाट सुनेको छु,’ गजुरेलले भने।
नेपालमा धेरै दुर्घटना चालकको लापरबाहीका कारण भइरहेको छ। अघिकांश दुर्घटना ओभर स्पिडका कारण हुने गरेको उनको भनाइ छ।
-1750597809.jpg)