काठमाडौं। नेपालमा उत्पादन हुने ऊर्जामध्ये करिब ५ प्रतिशत सौर्य ऊर्जाको हिस्सा छ। ४९ हजार ८३० मेगावाट ऊर्जा निकाल्न सक्ने नेपालको क्षमता छ।
यसमध्ये २२ सय ५१ मेगावाट सौर्य ऊर्जाको हिस्सा छ। देशमा सौर्य ऊर्जा उत्पादनको दुई हजार २५१ मेगावाट क्षमताका १३९ वटा आयोजना विभिन्न चरणमा छन्।
सौर्य ऊर्जा सूर्यको प्रकाशबाट उत्पादन हुने भएकाले घाम लाग्ने समयमा उत्पादित ऊर्जालाई भण्डारण गरी राति वा अन्य समयमा प्रयोग गर्न सकिन्छ। यद्यपि, भण्डारण प्रविधिमा लाग्ने खर्च यसको एउटा चुनौती हो।
सौर्य ऊर्जाका एक लगानीकर्ताका अनुसार, सौर्य ऊर्जा विद्युतीय प्रसारण लाइन पुगेका क्षेत्रमा जोड्न सकिन्छ र स्थानीय आवश्यकता पूरा गर्न छोटो समयमा जडान गर्न सकिन्छ। ती लगानीकर्ताका अनुसार, सौर्य ऊर्जा स्थानीय आवश्यकता पूर्ति गर्न छोटो समयमै जडान गर्न सकिन्छ।

सौर्य ऊर्जा आफ्नै घर, कारखाना, कार्यालय, स्कुल, अस्पताल आदिको छानामा सोलार प्यानल राखेर उत्पादन गर्न सकिन्छ। तर यसबाहेक बाँझो खेतमा पनि जडन गर्न सकिन्छ। यसको लगात पनि जलविद्युत आयोजनाको तुलनामा केही कम छ।
नेपालमा सोलार ऊर्जाको सम्भावना छ। नेपालमा जडन भएका ऊर्जामा करिब २० प्रतिशत सौर्य ऊर्जा आवश्यकपर्ने विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंह बताउँछन्।
नेपालमा १ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न करिब ५ देखि ६ करोड रुपैयाँ लगानी लाग्छ। ‘बाँझो खेतमा सोलार प्यानल जडान गरी छोटो समयमा ऊर्जा निकाल्न सकिन्छ,’ उनले भने, ‘सौर्य ऊर्जाका लागि प्रयोग हुने खेतमा खेती पनि गर्न मिल्छ, भारतलगायत मुलुकमा यस्तो अभ्यास धेरै भएको पाइन्छ।’
ऊर्जा खरिद बिक्री गर्ने नेपाल विद्युत प्राधिकारण (एनईए) क्षेत्राधिकारमा मात्रै पर्छ। यसले गर्दा सौर्य ऊर्जा उत्पादन निजी क्षेत्रले लगानी गर्न नसकेको उनको भनाइ छ।
नेपालमा सोलार ऊर्जाको सम्भावना छ। नेपालमा जडन भएका ऊर्जामा करिब २० प्रतिशत सौर्य ऊर्जा आवश्यकपर्ने विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंह बताउँछन्। ‘हाम्रो इन्स्टल क्यापासिटीको १० देखि २० प्रतिशतसम्म सोलार चाहिन्छ। त्योअनुसार सरकारले योजना पनि बनाइरहेको छ,’ उनले भने।
नवीकरणीय ऊर्जाको अन्य स्रोतमा वायु र सोलार पर्छ। नेपालमा वायुको सम्भावना एकदम कम छ। किनकि, यहाँ ‘विन्डको स्पिड भेरियसन’ छ। जलविद्युत ऊर्जापछि सौर्य ऊर्जाको सम्भावना रहेको उनको भनाइ छ।
‘अहिले हामीले सोलारको २२ सय ५१ मेगावाट आयोजनाको लाइसेन्स जारी गरिसकेका छौँ,’ उनले भने, ‘यी आयोजना विभिन्न चरणमा छन्। सोलारको सम्भावना देखिन्छ। तर, त्यसबाहेक बगासको अथवा अन्य स्रोतको सम्भावना एकदम न्यून छ।’
सौर्य ऊर्जामा लागत कम लागे पनि यसबाट उत्पादन हुने ऊर्जा प्राकृतिमा भरपर्ने हुन्छ। घाम लागेमा ऊर्जा उत्पादन हुन्छ नत्र हुँदैन।
सौर्य ऊर्जामा लागत कम लागे पनि यसबाट उत्पादन हुने ऊर्जा प्राकृतिमा भरपर्ने हुन्छ। घाम लागेमा ऊर्जा उत्पादन हुन्छ नत्र हुँदैन। यसले गर्दा लगानी मात्रै नहेरी प्रतिफल पनि हेर्नुपर्ने प्राधिकारणका प्रवक्ता राजन ढकाल बताउँछन्। ‘हामीलाई दिनको २४ घण्टा बत्ती चाहिन्छ। तर, सोलारले घाम लागेको समयमा मात्रै उत्पादन गर्न सकिन्छ,’ उनले भने।
विद्युत भण्डारण गरेर गर्न सक्ने क्षमाता भएमा सौर्य ऊर्जा पनि विकल्प बन्न सक्ने उनको भनाइ छ। यसले विद्युत आपूर्तिमा सन्तुलन हुन सक्ने ढकालको तर्क छ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले आगामी असोज १ र २ गते काठमाडौंमा ‘पावर समिट २०२५’मा २८ हजार ५०० विद्युत उत्पादनमा सौर्य ऊर्जा र ब्याट्री इनर्जी स्टोरेज सिस्टम (बिएसएस) विषयमा छलफल गरिने उल्लेख गरेको छ।
नेपालमा सौर्य उत्पादनको विवरण
