काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौंका विभिन्न ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने सूचना जारी गरेको छ।
प्राधिकरणले सूचना प्रकाशित गर्दै बुसबार कनेक्सन गर्ने कार्यको क्रममा शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने जनाएको हो।
कालीमाटी, क्षेत्रपाटी, भिमसेनस्थान, मिन्ट, त्रिपुरेश्वर, थापाथली, टेकु, न्यूरोड, भोटेबहाल, खिचापोखरी, चमती, ताहाचल र कुलेश्वर रिगमेनमा विद्युत् आपूर्ति अवरोध हुने प्राधिकरणले बताएको छ।
त्यस्तै, प्राधिकरणले पुल्चोक, बागमती, भैंसेपाटी, रिङरोड र सानेपा क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द हुने सूचनामा उल्लेख छ।